लकडाउन ,सटडाउन,निषेधाज्ञा र कर्फ्युका विकल्पहरु।

 

✍️सुस्मिता बराल

चिनकाे बुहान प्रान्त बाट डिसेम्बर १९ २०१९ मा सुरुवात भयकाे कोरोना महामारी नेपालका ७७ वटा जिल्लामा देखापरि समुदाय स्तरमैफैलिएर महामारीको स्वरुप लिइसकेको छ।

 

जुन कुनै महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्नका लागि कुनै निश्चिति क्षेत्रलाई बन्द गर्नु अन्तत: मानिसकोभिडभाडलाई कम गरि जनधनको क्षति न्युनिकरण गर्नु नै लकडाउनको मुख्य उदेश्य हो

अन्य प्रान्तमा नफैलियोस भन्नका लागि चाहे त्यो चिन सरकार हाेस या नेपाल सरकार नै किन नहाेस यिनिहरुले लिएको निति जसमासंक्रमण फैलियको अवस्थामा निश्चित समुदाय ,बासस्थान ,बस्ती ,गाउँ ,टोल ,वडा ,पालिका प्रदेशलाई पकेट एरियामा राख्दैसरकारले बनाएको कठोर निगरानी वा सुरक्षा ब्यबस्था नै लकडआउन हो।जुन कुनै महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोसभन्नका लागि कुनै निश्चिति क्षेत्रलाई बन्द गर्नु अन्तत: मानिसको भिडभाडलाई कम गरि जनधनको क्षति न्युनिकरण गर्नु नै लकडाउनकोमुख्य उदेश्य हो बिश्व स्वस्थ्य संगठनले मार्च ११ (फागुन २८)गते कोरोना भाइरसलाई विस्वब्यापी महामारीको रुपमा घोषणा गर्‍यो त्यहि दिनदेखि नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस महामारी फैलिएको अवस्थामा लकडाउन गर्नेयोजना बनाएको थियोे नेपालमा कोभिड१९ को सम्भावित अवस्थाबारे गरिएको गणितिय मोडलिङका अनुसार यसको अवस्था निकैभयावह देखिएकाले यस कुरालाई मध्यनजर गर्दै आधिकारिक निर्णय अनुसार कोरोना महामारी रोकथामका लागि लकडाउन गर्नेगरिएको थियो

नेपालमा कोरोना सन्क्रमित बेक्ती भेटिए लगतै सरकारले लकडाउन लागु गर्‍यो यसै सन्दर्भमा केही समय अघिसम्म केन्द्र सरकारले चारमहिनासम्म देशब्यापी रुपमा पुर्ण लकडाउन गर्‍यो तर ,त्यो गर्दा पनि कोरोना नियन्त्रण नभएपछि तथा नागरिकहरुको व्यापक जनदबाबपश्चात् ,केन्द्र सरकारले प्रान्त तथा स्थानिय निकायलाई नै आफ्नो क्षेत्रमा परिस्थिति हेरेर लकडाउन गर्ने ,नगर्ने ,वा अन्य उपाय अपनाउनसक्ने भन्दै अधिकार प्रत्यायोजन गर्दै उक्त देशब्यापी लकडाउन खुल्ला गर्‍यो सोही अनुसार आफ्नो अधिकारको पालना गर्दै केही सहर प्रान्त सरकारले आफ्नो नियम बनाई बजार पुर्ण रूपमा खुल्ला राखे।तर ,कोरोना नियन्त्रणमा कत्ती पनि सकारात्मक नतिजा भने प्राप्तभएन उक्त क्षेत्रको आर्थिक,सामाजिक अवस्थामा नराम्रो धक्का लाग्न थाल्यो त्यसैले निषेघाज्ञालाई धमाधम फिर्ता लिदै बजारखोलेको अवस्था नि अवगत नै जुन आर्थिक सामाजिक दुबै क्षेत्रमा प्रत्युत्पादक हुने निश्चिति अहिलेको अवस्थालाई नियल्दानेपालसंगै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण तीब्र गतिमा फ़ैलिरहेको दिनहुँ हजारौंको संख्यामा सन्क्रमित ज्यानगुमाउनेको संख्या बढिरहेको ,हाम्रा केहि नेताहरुदेखी लिएर सरकारमा बस्ने जिम्मेवार बेक्तिहरुलाई अझै पनि यो महामारीलाईनियन्त्रण गर्न लकडाउन नै उत्तम विकल्प हो यहि उपाय अपनाउन ठिक हुन्छ भन्ने अनुमान के फेरि लकडाउन गरे पछी नै यो कोरोनासंक्रमण अन्त्य हुन्छ ?? हुन्छ भने कति समयमा हुन्छ ?? हप्ता ,पन्ध्र दिन , महिना वा महिनामा ? त्यसैले अब कति दिन वा महिनासम्मलकडाउन गर्नुहुन्छ ?,अनि त्यसपछी पनि नियन्त्रणमा आएन भने के गर्नुहुन्छ ??कहिलेसम्म जनता त्रासमा बाँच्ने ? यदि यसको उत्तर छैनभने जनताहरुलाई यसरी समय समयमा बन्दी बनाइराख्ने अधिकार पनि छैन कि ?? जर्मनी,बेलायत,फ्रान्स लगायतका केही देशहरूमा निषेधाज्ञा बिरुद्ध हजारौं जनताहरु सडकमा आर्लिरहेका छन भने नेपालमा नि यसरी नै काेराेनाकाे त्रास देखायर निषेधाज्ञा जारि गरिरहदाकराेडाै जनताको मानवअधिकार माथि कतै अन्याय भइरहेको छैन भन्ने आवाज उठ्न थालेकोछ।

       अत : लकडाउन नै समस्याको समाधान होइन पहिला पनि चार चार महिनासम्म सम्पुर्ण नागरिकले यस्तै निषेधाज्ञा बसेर कष्टकररुपमा समय ब्यतित गर्नुपर्यो देश नागरिकले पनि ठुलो आर्थिक नोक्सानी बेहोरिराख्नु परेको सरकारले लकडाउन गर्ने भनेर मात्रहुँदैन मानवीय सहायताको पनि ख्याल गर्नुपर्छ। अत्यावश्यक बस्तुहरु सरकारले ब्यबस्था गर्न सक्नुपर्छ लकडाउन घोषणा गरेजस्तोकार्यन्वयन गर्न त्यती सहज हुँदैन छैन पनि दिउँसो कमाएर बेलुकी छाक टार्ने पनि धेरै छन् उनिहरुले के गर्ने ?? ग्यास सकियो,खानेकुरा सकियो भने घर घरमा पुर्याउने ब्यवस्था सरकारले मिलाउन सक्छ ?बालबालिकाहरुमा घरेलुु हिंसा तथा याैनशाेषण जस्ताजघन्य अपराध हरु बढेका छन भने अर्कोतिर स्कुल कलेजमा अध्ययनरत बिद्धार्थिहरुकाे पठनपाठन सुचारु हुन सकेको तिनिहरुकाे पठनपाठन काे मुल्यांकन गर्न सक्ने वातावरण नै बनाउन सकेको सरकारले।सरकारले लकडाउन बढाउने नै हो भने पनिपरिक्षण काे दायरा निर्बिकल्प बढाउनै पर्छ,पर्याप्त समय पायर पनि तहकै सरकारले अाफ्ना तयारी हरु अपेक्षाक्रत ढंगले बढाउनसकेनन जस्तो कि प्रत्येक स्थानीय तहमा,स्थानीय तहसंग आबश्यक समन्वय गरि प्रदेश सरकार केन्द्र सरकार स्वयं ले क्वारेन्टाइन आइसाेलेसन वार्डकाे मात्रा बढाउनमा खासै ध्यान दिनै सकेनन अध्ययन अध्यापन कार्य लाई ब्यबस्थित गराउन नै सके।

वैज्ञानिक तथ्य घटिघटाऊ घटनाको प्रकृतिलाई हेर्दा वयस्क बालबालिका भन्दा उमेरले वृद्ध भएका व्यक्तिहरूमा बढि सङ्क्रमणदेखिएको छ। साथै, रोग निको हुनेहरूको संख्या पनि तरुणमा अधिकतम भने धेरैजसो बृद्धहरुले नै मृत्यु वरण गरेका छन्। सो कुराकोएकोहोरो अर्थ हेर्दा यस्तो नतिजामा पुग्न सकिन्छ कि रोग प्रतिरोधात्मक क्षमता बढि युवाहरूमा बढि हुन्छ किनभने उमेर रहेका युवक/युवतीहरूमा अक्सर शारीरिक कसरत ज्यादत हुने गर्छ।

तसर्थ, हामी जो कोहिले पनि आफ्बो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न शारीरिक व्यायाम निरन्तर गर्ने, पौष्टिक ताकतिलो आहारकोसेवन गर्ने, हर्रो, बर्रो, गुर्जो, ल्वाङ, आदि जस्ता जडिबुटीको निरन्तर प्रयोग गर्ने शरीरको सरसफाईको ख्याल राख्न सकिन्छ। जसलेपक्कै पनि हामीलाई उक्त भाइरस मात्र होइन अन्य थुप्रै रोग स्वास्थ्य समस्याबाट टाढा राख्न मद्दत गर्दछ। बरु नाकाहरु सिल गरौं जुनजुन क्षेत्रमा संक्रमण देखिन्छ त्यहाँ त्यहाँ सिल गरौं वा अरु सतर्कताका उपायहरु अपनाऔ।तर ,फेरि त्यहि असफल नितिलाई नअगालौभन्ने मेरो आग्रह छ। त्यसैले अहिले को अवस्थालाई मध्यनजर गर्दा आफ्नो कार्य पनि गर्दै जाने सगसगै नेपालमा खोप वा वाऔषधि नआईन्जेलसम्म सजगता सचेतना अपनाउदै साबुनपानीले हात धुदै,मास्ककाे उचित प्रयोग सामाजिक दुरि कायम गर्दैसंक्रमण हुन बाट आफु पनि जोगिने अरुलाई पनि जोगाउदै जानु नै सबैभन्दा उत्तम बिकल्प हो।

Comments are closed.