काठमाडौं । लोकगायक लक्ष्मण चापागाईंले नयाँ तिज गीत ‘नाच घरमै’ ल्याएका छन् । कोरोना कहरले यसपालीको तिजलाई निरस बनाएको भन्दै उनले सचेत हुँदै तिज मनाउन गीतमार्फत आग्रह गरेका छन् । गायक चापागाईंकै शब्द तथा संगीत रहेको गीतमा राजन इशानको एरेञ्ज रहेको छ ।
सन्तोष भुजेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक चापागाईं, सोनिया डंगोल, रोमिया डंगोल, रञ्जु श्रेष्ठ र सुस्मिता श्रेष्ठको अभिनय छ । सञ्जित श्रेष्ठको छायांकन रहेको गीतको भिडियो निर्देशन तथा सम्पादन बिजेश पौडेलको रहेको छ । कोरोना संक्रमणका कारण यसपालीको तिजमा चेलीबेटी माइत जान नपाउने अवस्थालाई मध्येनजर गर्दै गीत ल्याएको गायक चापागाईंले बताए ।
उनले गीतमार्फत घरमै नाच्दै रमाउँदै तिज बनाउन आग्रह गरेको सुनाए । चापागाईंले केही दिन पहिले कोरोनाका कारण लगाइएको बन्दाबन्दीको अवसर पारेर गीतसमेत ल्याएका छन् । उनले भने, ‘नेपाली महिलाले तिजलाई दुःख सुखको पर्वका रुपमा मनाउँदै आएका छन् ।
घर र माइतीबीचको सम्बन्धलाई गीतमार्फत प्रस्तुत गर्दै चेलीबेटीले तिजको रौनकलाई उत्साह तथा भावुक रुपमा मनाउने गरिन्छ । तर, यस पटक विश्वमै महामारीको रुप लिएको कोरोना कहरका कारण खुल्ला रुपमा तिज मनाउने अवस्था नरहेकाले त्यही भावलाई गीतमा प्रस्तुत गरिएको छ ।’
Comments are closed.