लक्ष्मीका लागि अमेरिकादेखि सरिताको सहयोग

पोखरा हटलाईन
पोखरा १९ भदौ
                                                    पोखराको वडा नं १५ नयाँगाउँस्थित निकै दयनीय अवस्थामा रहेकी लक्ष्मी परियारलाई सहयोग प्राप्त हुने क्रम जारी छ । थ्रि एन्जल्स सामुदायिक रेडियोबाट प्रशारित कोरोना विपदमा थ्रि एन्जल्स रेडियोको पहल नामक कार्यक्रममा टेलिफोन मार्फत आफ्ना समस्या सुनाएकी लक्ष्मीलाई अमेरिका निवासी सरिता गुरुङले सहयोग गरेकी छन् ।  सानैदेखि समाजसेवामा रुचि राख्ने गुरुङले सामाजिक सञ्जालमा परियारको दुख बारे पत्रकार जीवन सुवेदी र ले शेयर गरेको तस्बीर सहितको अवस्था देखेपछि सहयोग गरेकी हुन् । पोखराका वरिष्ठ फोटो पत्रकार सुदर्शन रन्जीतमार्फत सरिताले तत्कालका लागि राहत पुग्ने गरी लक्ष्मी र उनका दुई छोराछोरीका लागि खाद्यान्न र केहि नगद समेत पठाएकी हुन् । उक्त सहयोग शुक्रबार पत्रकार रन्जित र सुवेदी उनकै कोठामा पुगेर हस्तान्तरण गरे । सरितामाफर्पत मात्र तत्कालका लागि रु पाँच हजार पचास बराबरको राहत प्रदान गरिएको र आगामी दिनमा दिगो समाधानका लागि पनि पहल गरिने पत्रकार सुवेदीले बताए ।
यसैबीच लक्ष्मीका लागि पोखराको न्यूरोडका रामबहादुर तामाङले खाद्यान्न र बालबालिकाका लागि लत्ताकपडा तथा नगद समेत प्रदान गरेका छन् । त्यस्तै लामाचौरका मदन तरामु मगरले ग्यास सिलिन्डर सहित चुल्हो प्रदान गरेका छन् । सहयोगी मनहरुप्रति लक्ष्मीले धन्यबाद प्रकट गर्दै दुखको बेला लगाएको गुन कहिल्यै नभुल्ने बताईन् । सहयोग पछि बालबालिका र उनको मुहारमा खुसी छाएको छ

Comments are closed.