पोखरा,
लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ४९ औं स्थापना दिवस मंगलबार एक समारोहको आयोजना गरि मनाएको छ । पोखरा स्थीत ग्रुपको प्रधान कार्यलय पोखराको बागबजार बगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठले कम्पनिलाई आजको अवस्था सम्म ल्याई पु¥याउनुमा सबैजनाको महत्वपुर्ण योगदान रहेको र आगामी दिनमा समेत यो योगदान निरन्तर रहने कुरामा आफु विस्वस्त रहेको कुरा बताउनु भयो । सो अवसरमा कार्यकारी निर्देशक श्री श्रेष्ठले सबैलाई आभार एवम् धन्यवादज्ञापन समेत गर्नु भएको थियो ।
बटुकहरु द्वारा स्वस्ती वाचन गरि सुरु गरिएको कार्यक्रमलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक चन्द्र बहादुर राजभण्डारीले पानसमा दिप प्रज्वलन गरि सयुक्त रुपमा समुदघाटन गर्नु भएकोे थियो । कार्यक्रममा गु्रपमा लामो समयदेखी आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवा पदक द्वारा सम्मान गरिएको थियो । जसअनुसार ग्रुप अन्तरगत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ बर्ष सेवा गरेका १५ जना, १० बर्ष सेवा गरेका ९ जना, १५ बर्ष सेवा गरेका १ जना, २० बर्ष सेवा गरेका २ जना र ३० बर्ष सेवा गरेका १ जना गरी जम्मा २८जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । उक्त कर्मचारीहरुलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्र बहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुलभ श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गर्नु भएको थियो । यसका साथै ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
त्यसै गरि ४९ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । पहिलो रक्तदाता श्री युमा साईलाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा १०६ जना कर्मचारीहरुले रक्तदान गर्नु भएको थियो । यस प्रकारको रक्तदान कार्यक्रम कम्पनिले सोसियल कर्पोरेट रेस्पोन्सीविलिटी अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनिका मानव संसाधान विभागका महाप्रवन्धक श्री श्याम मल्लले सो समारोहमा जानकारि दिनु भएको थियो ।
उक्त समारोहलाई मानव संसाधन विभागका तर्फबाट श्याम मल्ल र विजय बरालले संयुक्त रुपमा सञ्चालन गर्नु भएको थियो ।
Comments are closed.