लक्ष्मी विद्यापदकको २४ औं संस्करण सम्पन्न, गुप्तेश्वर कि मनिषा सर्वोकृष्ट

रानाभाटलाई, विद्या पदक, नगद रु. पच्चीस हजार, प्रशंसा पत्र, दोसल्ला र माला लगाएर सम्मान

पोखरा,

लक्ष्मी ग्रुप प्रा.लि.को स्थापना र पोखरा उद्योग वाणिज्य संघ को ब्यवस्थापनमा नियमित रुपमा संचालनमा रहेको लक्ष्मी विद्या पदक एवम् नगद पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको ३४औं महाअधिवेशन एवम ६८ औं साधारण सभाको उद्घाटन समारोहमा उक्त पदक वितरण गरिएको हो । कास्की जिल्ला भरि संचालित क्याम्पसहरु मध्येबाट ब्यवस्थापन विषयमा स्नातक र स्नाताकोत्तरमा सर्वाेकृष्ट अंक ल्याउने विद्यार्थीलाई यो पदक प्रदान गरिंदै आएको छ । यस पटक गुप्तेश्वर बहुमुखि क्याम्पस छोरेपाटनकी स्नाताकोत्तर तहकी छात्रा श्री मनिषा रानाभाटले त्रि.वि.वि. अन्तरगत एम.वि.एस.मा जिल्ला भरिकै सर्वोकृष्ट अंक ल्याउन सफल भएकोमा वहा“लाई यो पदकले सम्मान गरिएको हो ।
उक्त समारोहमा लक्ष्मी ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक द्वय श्री सुनिल श्रेष्ट र अन्जन श्रेष्ट, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री नारायण कोईराला, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री माननिय श्री विन्दु कुमार थापा, पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री माननिय श्री मनि भद्र शर्मा कंडलेले संयुक्त रुपमा श्री रानाभाटलाई, विद्या पदक, नगद रु. पच्चीस हजार, प्रशंसा पत्र, दोसल्ला र माला लगाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा लक्ष्मी ग्रुपको तर्फबाट लक्ष्मी विद्या पदक स्थापनाको पृष्टभुमिको विषयमा प्रकाश पार्दै संघका पुर्व अध्यक्ष श्री बसन्त उदासले हाल सम्म छैसठ्ठी जना विद्यार्थीहरुलाई विद्या पदकद्वारा सम्मान गरि सकिएको ब्यहोरा जानकारी गराउनु भयो । जस मध्ये पृथ्वी नारायण क्याम्पसका चौंतिस जना, जनप्रिय बहुमुखि क्याम्पसका पा“च जना, कन्या बहुमुखि क्याम्पसका छ जना, पोखरा विश्व विद्यालयका नौं जना, ला ग्राण्डी ईन्टरनेशन कलेजका तीन जना, पोखरा कलेज अफ म्यानेजमेन्टका आठ जना र गुप्तेश्वर बहुमुखि क्याम्पसका एक जना विद्यार्थी हरु रहेको सो अवसरमा जानकारी गराईयो । त्यसै गरि तहगत हिसाबले हेर्दा हाल सम्म प्रविणता प्रमाणपत्र तहका चौध जना, स्नातक तहका चौंतिस जना र स्नाताकोत्तर तहका अठार जना विद्यार्थीहरु उक्त पदकद्वारा विभुषित गरि सकिएको जनकारी उक्त कार्यक्रममा प्रदान गरिएको थियो ।
विक्रम सम्वत २०५५ साल पौष २० गतेको पोखरा महानगरको दोस्रो नगर परिषदको समुद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा,संगीत, पत्रकारिता, उद्योग, पर्यटन, खेलकूदको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नौ जना व्यक्तिहरुलाई पोखरेली नवरत्नका रुपमा सम्मान गरिएको थियो । जस मध्ये लक्ष्मी हाउसका संस्थापक श्री बुद्धि बहादुर श्रेष्ठलाई पनि पोखराको औद्योगिक विकास र प्रवद्र्धनमा पु¥याउनु भएको योगदानको कदर गर्दै नवरत्न का रुपमा सम्मान गरिएको थियो । सोहि सम्मानमा प्राप्त नगद रु.दश हजारमा प्रष्ठिानको तर्फ बाट रु दुई लाख एक हजार एक सय एघार थप गरि अक्षयकोष खडा गरि लक्ष्मी विद्या पदकको स्थापना गरिएको थियो ।
विद्या पदकबाट विभुषित विद्यार्थीहरु हाल देश तथा विदेशमा रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी निकायहरुमा विभिन्न ओहोदामा सेवारत रहेको ब्यहोरा सो समारोहमा जानकारी गराईएको थियो । यस वर्ष भने स्नातक तहको नतिजा प्रकाशनमा ढिलाई भएकोले स्नातकोत्तर तहको विद्यार्थीलाई मात्र सम्मान गर्न सकिएको लक्ष्मी ग्रुपले जानकारी गराएको छ ।

Comments are closed.