विसं २०४६ सालसंम पंचायतले केही गरेन भन्ने राजनीतिक पार्टिका नेताहरू पंचायतले सासन गरेकै जत्ति समय आफैले सासन गरेका छन। तर परिणाम हेर्यो भने पंचायतले कोरिदिएको विकासको खाका समेत भत्काएर ततेर्नै नसकिने अवस्थामा पुर्एका छन। राजनीतिक रूपमा हेर्ने हो भने मुलुकमा लोकतन्त्र छ। गणतन्त्र छ। जनताले प्राप्त गर्ने उच्चतम अधिकार यही हो। तर ती सवै कागजी अधिकारको रूपमा स्थापित भए। आफैले गरेका निर्णयका फाइलहरूले किचिएर उठन नसक्ने अवस्था हुदा पनि ती निर्णय संझन नसक्दा आशातित विकास हुन सकेन। यसले जनतामा चरम असन्तुष्टी वढेको छ। यो असन्तुष्टीले आन्दोलन वाहेक केही खोजेको पाईदैन। पछिल्लो समयमा संसदको विकास समितीले विभिन्न मन्त्रालय र मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएको सवैलाई थाहा छ। सरकारका तर्फवाट कार्यथालनीका संकेतहरू आएको पनि थाहा छ।जसले जनतामा उत्साह जगाएको पनि धेरैले अनुभूति गरेका थिए।तर आज ती सवै आयोजनाहरू अलपत्र अवस्थामा छन। सरकार परिवर्तनले पनि रोकिनु नपर्ने राष्ट्रिय गौरवका आयोजनाहरू समेत ठप्प छन। सरकारलेविकासको लागि छुट्याएको खरबौ रकम खर्च नभएर मुलुकको अर्थतन्त्र समेत अपठ्यारोमा परेको छ। मुलुकमा महगी र वेरोजगारी व्याप्त छ। दिनहू युवा जनशक्ति काम नपाएर वाहिरीएको छ। यस्तो सफा तस्वीर हुदा हुदै पनि राजनीतिक नेतृत्वको नालायकी घटेन। झन झन वढेर गयो। मुलुक विकासको महत्वपूर्ण जिम्वेवारी पाएको भौतिक पूर्वाधार मन्त्रालय यति वेला कुन निद्रामा छ थाहा छैन। नयॉं त छोडौ अरू शुरू गरिदिएको आयोजनाहरू समेत अलपत्र पारेर वसेको छ। संसद विकास समितिले सर्वसम्मत निर्णय गरेर दिएका निर्देशनहरू सवै धोतीलगाईएका छन। हुलाकी राजमार्ग , चीन संग जोडिएका सडक र सीमा नाकाको स्तरोन्ति , रसुवा केरूंग सडक निर्माण सेनालाइ दिने निर्णय, मध्य पहाडी लोकमार्ग , रेलमार्ग ,काठमान्डौ तराई द्रूत मार्ग , नीजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थल यीनीहरूको कुरै नगरौ। त्रिपुरेश्वर नागढुगा सडकको को हरिविजोक हेरेपछि अरूको नामै लिनु पर्ने छैन। यसले सरकार पनि छ र ? भनि प्रश्न उठाएको छ। संसदको विकास समीतिले दिएका ४१ निर्देशन अलपत्र परेका छन। यति वेला एमालेका युवा नेता तथा विकास समितीका अध्यक्ष रविन्द्र अधिकारी आफ्ना निर्देशनहरू पान पसलेले माईकवाट प्रसार गरेको जानकारी सरह वनईएको देखेर चकित भएका छन। देश नवन्ने सुत्र थाहा पाउदै छन। यस्तै गतिमा सरकार चल्ने हो भने नागरिकको देश विकासको सपना सपना नै भएर रहने छ। देश सधैको लथालिंग र अलपत्र अवस्थामा रहने छ।
Comments are closed.