लाइफकेयर डायग्नोष्टिक प्रा.लि. (लाइफ केयर) ल्याबद्धारा कोभिड-१९ एन्टिबडी परीक्षण सेवा सुरु

सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै लाईफकेयर डायग्नोष्टिक पोखराद्वारा अत्याधुनिक प्रबिधि को प्रयोग गरि गण्डकी प्रदेशमै पहिलो पटक कोभिड-१९ एन्टिबडी परिक्षण सेवा सुचारू ।

पोखरा हटलाइन,
लाइफकेयर डायग्नोष्टिक प्रा.लि. (लाइफ केयर) ल्याब पोखराले कोभिड-१९ एन्टिबडी परीक्षण सेवा सुरु गरेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी गण्डकी प्रदेशमै पहिलो पटक यो सेवा सुरु गरिएको ल्याबका प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिनुभयो । ।एन्टिबडी परीक्षण गरी एक घन्टाभित्र सेवाग्राहीलाई रिपोर्ट उपलब्ध गराइने ल्याबले जनाएको छ ।निजी क्षेत्रबाट गण्डकी प्रदेशमा पहिलो पटक पिसिआर परीक्षणको व्यवस्थो गर्न सफल भएको कँडेलको भनाई छ । उहाँका अनुसार पिसिआर परीक्षण गर्ने यस क्षेत्रको एकमात्र ल्याब पनि लाइफ केयर हो ।आवश्यकता अनुसार छिटोभन्दा छिटो पिसिआर रिपोर्ट उपलब्ध गराउने, पिसिआर परीक्षण सुरु भएपछि यस क्षेत्रका धेरै सेवाग्राही लाभान्वित भएको, छिटो छरितो सेवा प्रदान गर्दै आइरहेको र यहाँ गरेको परीक्षण रिपोर्टले विदेश जानका लागि पनि मान्यता पाउँने जानकारी दिनुभयो,उहाँका अनु्सार समय समयमा निःशुल्क स्वास्थ परीक्षण शिविर संचालन , सम्वन्धित निकायबाट सिफारिस लिएर आएमा गरिब तथा विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गरीने, विभिन्न समयमा छुट प्याकेज पनि ल्याउने गरेको र दशैं तिहार अफरमा बिशेष छुट ल्याएको परीक्षणमा २० देखि ३० प्रतिशतसम्म छुट हुन बताउनु भयो ।


पोखराको न्युरोडमा रहेको लाइफ केयर गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको प्रयोगशाला लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । लाइफ केयर डाइग्नोष्टिकस एण्ड रिसर्च सेन्टर २०७१ साल फागुन ३ गतेबाट सञ्चालन शुरु गरिएको हो । गण्डकी प्रदेश तथा आसपासका बिरामी परीक्षणको लागि काठमाडौं तथा विदेश जानुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै लाइफ केयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर स्थापना गरिएको हो ।ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल)बाट मान्यता प्राप्त गरेको छ । ल्याबमा अत्याधुनिक प्रविधिको प्रयोगबाट रक्तपरीक्षणहरु भइरहेको कँडेलले जानकारी दिनुभयो । परीक्षणको लागि अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग इटली, सिंगापुर, जर्मनी, भारत लगायतका देशमा बनेका अत्याधुनिक उपकरण तथा प्रविधि ल्याबमा प्रयोग गरिन्छ । बायोकेमेष्ट्री लगायतका टेष्ट छिटो तथा विश्वसनीय तरिकाले परीक्षण गर्नको लागि माइक्रो बायोलोजी अन्तर्गत कल्चरको लागि साउथ कोरियामा बनेको इन्क्युभेटर छ । बायोसेफ्टिक क्याविनेट पनि छ । पिइ ७१०० फुल्ली अटोमेटिक एनलाइजर, लायजन क्लिया इटलीको मेसिन, जर्मनीको सिमेन्ट क्लिया मेसिन लगायतका अत्याधुनिक उपकरण छन् । विदेश जाने प्रयोजनका लागि कोभिड परीक्षण गर्नका लागि पासपोर्ट र फोटो लिएर आउनसमेत कँडेलले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो (बैकिङ क्षेत्रमा क्यासलेस आएजस्तौ मेडिकल सेक्टरमा पनि पेपरलेसको शुरुवात भएको छ । बिरामीले हातहातमा रिपोर्ट बोकेर हिड्नुपर्दैन । बिरामी आएर परीक्षण गरेपछि उहाँहरुको डकुमेन्ट सफ्टवयरमा इन्ट्री हुन्छ । टेष्ट गरिसकेपछि अटोमेटिक रुपमा रेकर्डमा रहन्छ र वेभसाइटमा जान्छ । वेवसाइट मार्फत सम्वन्धित बिरामी र डाक्टरले रिपोर्ट हेर्न सक्नुहुन्छ । हामीले हाम्रा सेवाग्राहीप्रति   जिम्मेवार बनेर सेवा प्रदान गरिरहेका छौं । आगामी दिनमा सेवालाई अझै बढी प्रभावकारी र थप व्यवस्थित गर्दै अगाडि बढ्नेछौं । यहाँको स्वस्थ प्रतिक्रियाको समेत अपेक्षा गरेका छौं) ।

Comments are closed.