लाईसेन्स बिनै प्याराग्लाईडिङ उडाउँछन् पाईलट

स्पष्ट नीति नहुँदा कारवाही गर्न सकेका छैनौं –उडड्यन प्राधिकरण
जान्दाजान्दै दुई नम्वरी काम गर्नुपरेको छ –नेपाल हवाई खेलकुद संस्था

ऋषिकान्त पौडेल ।  पोखरा २५ फागुन

para-002

साहसिक खेल पर्यटनको शहरका रुपमा चिनिँदै आएको पर्यटकीय पोखरामा प्याराग्लाईडिङले देशविदेशमा पहिचान बनाएको छ । तर, व्यावसायिक रुपमा समेत फस्टाउँदो प्याराग्लाईडिङ सरकारी नीति नियमभित्र नियन्त्रित नहुदाँ कतिपय नेपाली पाईलटहरु बिना लाईसेन्स अवैध रुपमा उडान भर्न वाध्य छन् । जसका कारण प्याराग्लाईडिङ दुर्घटनाका कारण कतिपयको ज्यान जाँदा समेत घटना गुमनाम हुने स्थिति बनेको छ ।


“यि सबै जान्दाजान्दै ज्यान मार्ने उद्योग चलाउनुपर्ने भएको छ । यसमा सरकार नै गम्भीर हुनु जरुरी छ”,बानियाँले भने “लाईसेन्स प्रक्रियामा भईरहेको ढिलासुस्तीको विरोधमा अबको एक हप्तामा आन्दोलन समेत गर्ने तयारीमा छौ ।”


सन् १९९८ देखि पोखराको आकाशमा व्यावसायिक प्याराग्लाईडिङ उडान सुरु भएको हो । पोखराको सराङकोटबाट अहिले दैनिकरुपमा सयभन्दा वढी सोलो तथा करीब ७० भन्दा वढी व्यावसायिक प्याराग्लाईडिङ मध्ये दुईदर्जनभन्दा बढी नेपाली पाईलटले टेण्डम उडान भर्ने गर्छन् । यि मध्ये आधाजसो नेपाली पाईलटले मात्रै नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएका छन् । अनुमति लिएर उडाउने पाईलटले विदेशी लाईसेन्सको प्रयोग गर्ने भएपनि बाँकी सबै पाईलट नेपालमा लाईसेन्स लिने व्यवस्थाको अभावमा विना अनुमति उडान भर्ने गरेका हुन् । सरकारी ढिलासुस्तीका कारणले विना लाईसेन्स अवैध रुपमा आकाशमा व्यावसायिक उडान भर्नुपरेको उनीहरु स्वीकर गर्ने गर्छन् ।

Paragliding in Derbyshire,Peak District, Paragliding Derbyshire, Paramotoring Derbyshire, Flying, Learn To Fly,Tandem, Free Flying, Extreem, Parapent
नेपाल हवाई खेलकुद संस्था (ना)का उपाध्यक्ष शोभित बानियाँका अनुसार नेपालमै लाईसेन्स प्राप्त गर्ने व्यवस्था नहुँदा ठूलो रकम विदेशिने गरेको छ । रकम विदेसिनु ठूलो नमानेपनि ओपन सेक्रेटका रुपमा रहेका लाईसेन्स बिना प्याराग्लाईडिङ उडान ठूलो समस्या बनेको छ । “कतिञ्जेल लुकेर २ नम्बरी काम गर्ने ? बरु हामीलाई जिम्मा दिईयोस् अाँफै थाल्छौ लाईसेन्छ प्रक्रिया”, सरकारी ढिलासुस्तीप्रति आक्रोश पोख्दै बानियाँले आफुहरुको बाध्यता सुनाए । कानुन विपरीत काम गरीरहेको स्वीकार्दै बानियाले लाईसेन्स बिनाका पाईलटले गरेका उडान दुर्घटनामा परेपनि बाहिर वास्तविकता ल्याउन सक्ने स्थिति नरहेको बताए । “यि सबै जान्दाजान्दै ज्यान मार्ने उद्योग चलाउनुपर्ने भएको छ । यसमा सरकार नै गम्भीर हुनु जरुरी छ”,बानियाँले भने “लाईसेन्स प्रक्रियामा भईरहेको ढिलासुस्तीको विरोधमा अबको एक हप्तामा आन्दोलन समेत गर्ने तयारीमा छौ ।”


एकजना प्याराग्लाईडिङ पाईलट व्यावसायिक रुपले दक्ष हुन कम्तीमा दुई हजार घण्टा उडान भरेको हुनुपर्ने, पचास किलोमिटरको १० वटा क्रस कन्ट्री उडान गर्नुगर्ने त्यसपछि विभिन्न सैद्धान्तिक र व्यवहारिक ज्ञानपछि एक सय पचास वटा उडान सहकर्मीसंगै भर्नुपर्ने र पुन व्यवहारिक र सैद्धान्तिक ज्ञान लिनुपर्ने अन्र्तराष्ट्रिय मापदण्ड छ । यो सबै पुरा हुन कम्तीमा पाँच वर्ष समय लाग्छ । तर, प्याराग्लाईडिङ सम्बन्धि कुनै नियम र कानुन नै नहुँदा यि सबै व्यवस्था र प्रशिक्षणका लागि समस्या हुने गरेको छ ।


प्याराग्लाईडिङलाई व्यवस्थित गर्ने सरकारी नीति नभएपछि अहिले पाईलट तथा कम्पनि मिलेर खोलेको नेपाल हवाई खेलकुद संस्थाले आफ्नै नीति नियममा प्याराग्लाईडिङ गराईरहेको छ । निजी स्तरको संस्था भएकाले व्यावसायिक फाईदाका लागि कतिपय अवस्थामा विना लाईसेन्स उड्ने नेपाली पाईलट र विना श्रम ईजाजत प्याराग्लाईडिङ उडानको काम गर्दै आएका विदेशी पाईलटका बारेमा सरकारी निकाय समक्ष कुनै गुनासो गरेको पाईदैन । तर, प्याराग्लाईडिङमा भईरहेका अवैध उडान बारे जानकार भएपनि देखेको नदेख्यै गर्नुपर्ने बाध्यता रहेको नागरिक उडड्यन प्राधिकरण पोखराका प्रमुख दिपक बरालले पोखरा हटलाइनलाई बताए । लाईसेन्स प्रदान गर्ने प्रक्रिया ‘हेड अफिस’ बाट भईरहेको छ । तर, यसमा भएको ढिलासुस्तीले समस्या निम्त्याएको छ । सबै पाईलटहरुले ईजाजत लिएर काम गर्नुपर्ने बरालको भनाई छ । त्यस्तै प्राधिकरणले बेला–बेलामा छड्के जाँच गर्ने गरेपनि दाषि भेटिँदासमेत स्पष्ट नीति अभावमा कारवाही गर्न नसकिएको उनले बताए । “कानुनसम्मत नै प्याराग्लाईडिङ उडाउने उहाँहरुको रहर होला तर लाईसेन्स नीति नहुँदा गल्ती देखिएपनि कारवाही के गर्ने भन्ने मै अस्पष्ट छौं” बरालले भने ।


अहिले पोखरामै यसको प्रशिक्षण पनि दिने गरीएको छ । यसरी प्रशिक्षण दिनुसमेत कानुन विपरीत हुँदा पनि त्यस कार्य रोक्न सरकारी निकाय असमर्थ छ ।


timthumb
एकजना प्याराग्लाईडिङ पाईलट व्यावसायिक रुपले दक्ष हुन कम्तीमा दुई हजार घण्टा उडान भरेको हुनुपर्ने, पचास किलोमिटरको १० वटा क्रस कन्ट्री उडान गर्नुगर्ने त्यसपछि विभिन्न सैद्धान्तिक र व्यवहारिक ज्ञानपछि एक सय पचास वटा उडान सहकर्मीसंगै भर्नुपर्ने र पुन व्यवहारिक र सैद्धान्तिक ज्ञान लिनुपर्ने अन्र्तराष्ट्रिय मापदण्ड छ । यो सबै पुरा हुन कम्तीमा पाँच वर्ष समय लाग्छ । तर, प्याराग्लाईडिङ सम्बन्धि कुनै नियम र कानुन नै नहुँदा यि सबै व्यवस्था र प्रशिक्षणका लागि समस्या हुने गरेको छ । अहिले पोखरामै यसको प्रशिक्षण पनि दिने गरीएको छ । यसरी प्रशिक्षण दिनुसमेत कानुन विपरीत हुँदा पनि त्यस कार्य रोक्न सरकारी निकाय असमर्थ छ ।
हुन त अहिले कैयौं नेपाली युवाहरुको समेत प्याराग्लाईडिङ पाईलट बन्नेमा आकर्षण छ । तर, पुराना कम्पनिहरु विदेशी पाईलटमा विश्वास गर्ने र आफुहरुलाई अपरीपक्क ठान्ने प्रवृतिका कारण पनि विदेशी पाईलटको निरर्भरता घट्न नसकेको नेपाली युवा पाईलटहरुको गुनासो हुने गरेको छ ।

हालसम्म सराङकोट डा“डाबाट मात्रै व्यावसायिक उडान हुँदै आएकोमा वरपरका अग्ला डा“डालाई पनि सम्भावित स्थलको रुपमा पाईलट र कम्पनीले आफुखुसी अध्ययन गरिरहेका छन् । तर, राज्यका तर्फबाट उडानलाई व्यवस्थित र पाईलटलाई नेपालमै लाईसेन्स तथा प्रशिक्षणको व्यवस्थासहितको स्पष्ट नीति तयार पार्नसके वैधानिक रुपमै समग्र देशको पर्यटन विकासमा प्याराग्लाईडिङको महत्व बढ्ने थियो ।

Comments are closed.