लागूऔषध कारोबारी प्रहरीको गोली प्रहारबाट घाईते


मिति २०७६।०२।२९ गते पोखरा महानगरपालिका-१० उत्तम चोकमा लागु औषध
बिक्री बितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई नियन्त्रणमा
लिन खोज्दा लागूऔषध कारोबार गर्ने ब्यक्तिले प्रहरी माथि हातपात र प्रहरीसंग
रहेको हतियार समेत खोस्न प्रयास गरी उल्टो प्रहरी माथि नै आक्रमण गर्न खोजेकोले
प्रहरीले आत्मरक्षाको लागी प्रतिकार गर्दा पोखरा महानगरपालिका-१० उत्तमचोक
बस्ने वर्ष ३० को गोबिन्द थापाको बायाँ पिडौलामा गोली लागि घाईते भई उपचारको
लागी पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा लगिएको छ । साथै निजको साथबाट
प्रहरीले ५०० थान लागूऔषध नुर्फीन,५०० थान डाईजापाम,५०० थान फेनरागन र
एउटा मोटरसाईकल समेत बरामद गरेको छ । घटनाको विषयमा जिल्ला प्रहरी
कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको छ

Comments are closed.