कास्की १५ बैशाख ःआज बिहान करिब १०ः३० बजेको समयमा जिल्ला कास्कीमा एकजना युवा लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा म.न.पा.वडा नं.२७ तालचोकबस्ने बर्ष २० का रोशन गुरुङ रहेका छन् ।कास्कि जिल्लाको पोखरा महानगरपालिका वडा नं.२७ तालचोकस्थित ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाक कास्कीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजांच गर्ने क्रममा भण्डारढिकबाट तालचोक तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार ती युवा पक्राउ परेका हुन ।् उनको साथबाट लागूऔषध गाँजा ५ के.जी. ५०० ग्रामफेला पारेको र निजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
Comments are closed.