लागू औषधसहित दुईजना पक्राउ

पोखरा, २७ फागुन। अवैध लागूऔषधसहित प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा–७ शान्तिनगर चोकमा केही व्यक्तिहरुले लागूऔषध खरिदबिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा विभिन्न प्रकारका लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रुकुमको गोतामकोटका ३१ बर्षीय दिनेश बोहरा र पोखरा–५ जिरो किमिका ३० बर्षीय तीर्थ गिरी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट बुप्रिनर्फिन १८ थान, फेनेरागन १९ थान र डाईजापाम १८ थान बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथी लागू औषध मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

Comments are closed.