पोखरा हटलाईन
कास्की,
गत सोमबार दिउसो करिब २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका १३ कुडहर बस्ने वर्ष ३० को कृष्ण हमालको कोठाबाट लागू औषध डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल गरी जम्मा ६२१ एम्पुल लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । साथै समेत प्रहरीले हमाललाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन १५म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
Comments are closed.