लागू औषध सहित १ जना पक्राउ

पोखरा,

बिहिबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा,८ बुद्ध मार्ग स्थित वर्ष २८ को छावा भन्ने रोशन अधिकारीले भिरेको झोलामा लागू औषध डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल गरी जम्मा ११४ एम्पुल लागू औषध बरामद भएको र निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । छ ।

Comments are closed.