लागू औषध सहित १ जना पक्राउ

मिति २०७८।१२।१४ गते जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलिले कास्की जिल्ला  पोखरा म.न.पा. वडा नं.४ बाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।महोत्तरी जिल्ला  बर्दिबास घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-१ सिमपानी बस्ने वर्ष ३६ को चित्र कुमार मर्साङ्गीको साथबाट लागू औषध डाईजापाम-६२ एम्पुल, फेनेरागन-६९ एम्पुल र नुर्फिन–३८ एम्पुल गरी जम्मा-१६९ एम्पुल लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  मर्साङ्गीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिन   म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Comments are closed.