लागू औषध सहित २ जना पक्राउ

पोखरा,

 

गत सोमबार  पोखरा महानगरपालिका वडा नं.१५ नागबेली मार्ग स्थितमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका जिल्ला कास्की पोखरा  १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र  सिराहा घर भई हाल पोखरा  ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङको साथबाट र निजहरुको कोठाबाट नुर्फिन ३० एम्पुल, डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागू औषध बरामद गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय, कास्की ले जानकरी दिएको छ ।

 

 

Comments are closed.