लाजमर्दो जातीय विभेद (भाईरस)

📝विपीन अर्याल

कस्तो अचम्मको समाज मेरो शिशु नजन्मदिनै  उसको एउटा सामाजिक स्तर निर्धारण भइसक्छ,जीबन के हो कसरी जीउने  भन्ने कुरा टाढाको विषय नै भयो। हो त्यही जन्मजात पाउने सामाजिक स्तर होजात कुनै जात निर्धारण भईसकेपछि समाजले उसलाईकठोरता पुर्वक उसैको जात सँग हिड्न डुल्न बैबाहिक बन्धनमा गासिन लगाउँछ। उसका आफ्ना अनेकौ चाहना, ईच्छा मारेर भए पनी त्यही स्स्तिथिमा जीवन जिउन बाध्य हुन्छ।

नेपालमा रहेका परम्परागत जातिय प्रणाली यसप्रकार छन् बाह्रमण (प्रायजसो पुजारी अनि विद्वान्), क्षेत्री (योद्धा,शासक जमिनदार), बैस्य ( ब्यापारी,ब्यबसायी,किसान अनि कलाकार),

सुद्र (गरिखाने ,ज्यालादार,मजदुर; उनिहरुलाई पहिले अछुतको संज्ञा पनि दिइन्थो।) सुद्रहरूलाई समाजको तल्लो स्तरका भनि घृणाकोब्यबहार गरिन्थ्यो। उक्त जातका मानिसलाई पनि पशुको जस्तो ब्यबहार गरिन्थ्यो, छुन सम्म पनि हुदैन भन्ने कठोर जातीय बिभेद थियो।यदि कारणबस छोईयो भने पनि ठुला जातका भनौँदा हरुले घर भित्र पस्न भन्दा पहिले नुहाएर मात्र प्रबेश गर्थे। यस्तो बिषम परिस्थितिमाहुर्केका जातका मानिसहरूमाथि मानसिक,समाजिक,अर्थिक समस्याले सताइरहन्थो। तल्लो जातको दर्जा दिइएकाहरूलाई शारिरिकश्रम शोषण गरि समाजमा रहेका टाउकेहरुले फाइदा लुटेका थिए। आफ्नो फाइदामा छुत अछूत हुदैन थियो

पहिले, ब्राम्हणहरुलाई हिन्दु संस्कृति अनुसार गाईको दर्जा दिइन्थ्यो उनिहरुलाई मर्नु कट्नु नराम्रो व्यवहार गर्नु हुँदैन भन्ने चलन चल्तीमाथियो।त्यसपछि नेपाललाई 2063 साल जेठ 21 गते छुवाछुत मुक्त राष्ट्र रूपमा घोषणा गरियो। कुनै पनि जात ,धर्म ,संस्कृति, भेषभूषा, वर्ग ,लिङ्गका आधारमा भेदभाव गरेको पाइएमा कडा कार्यबाहीको व्यवस्था पनि गरियो,तर बास्तबिकता भने पृथक देखियो जतियविभेद अन्त्य हुने छाँटकाँट देखिएन कारण:-वंशाणुगत पेशा;बाह्मणहरूको वंश शुद्ध राख्ने इच्छा; राज्यका संयन्त्रले एकात्मक नियन्त्रणगर्न नसक्नु; पुनर्जन्म माथि रहेको मानिसको अन्धबिस्वास कर्मको सिद्दान्त; पुराना पुस्ताले निरन्तरता दिएका परिबारले दिएकातिनका बिचार अनि धारणा; ग्रामीण सामाजिक संरचना; विद्यमान् स्थिर हिन्दू समाज आदि।

धेरै कानुन बने आफ्नो क्षेत्रबाट जनप्रतिनिधि राज्यको माथिल्लो निकाय सम्म पुगे कतिले लोभ प्रलोभनमा परेर समस्यालाई बिर्सिएकतिले राम्रो काम गर्न सकेनन्। बिस्तारै सामाजिक परिवर्तन देखिए ब्राम्हणहरु पनि खेतिपाती साथै अन्य सरकारी सेवामा कार्यरत रहे।केहि भैस्य सुद्र जातका मानिस शिक्षक , ठुला कर्मचारी अनि समृद्ध राजनितिज्ञ बने। हामी आफ्नो जीवन स्तरीय बनाउन सक्षम रह्यौंतर हाम्रो मस्तिष्कको जातिय विभेद नामक भाईरसलाई पुर्ण रूपमा निर्मुल पार्न भने असफल रह्यौं। त्यहि भाईरस अझै पनि हाम्रो शरीरभित्र रहि पोजेटिभ देखिएको छ।

त्यसको प्रमाण स्वरुप हालसालैको जाजरकोट कान्डलाई लिन सकिन्छ।जसले हामी सबैको मस्तिष्कको ढोकालाई फेरी एकपटकढक्ढक्याएको छ। पीडितलाई देख्दा हामी दयाबान बन्छौं जब आफ्नो पालो आउँछ तब भने अन्धोपनको नाटक गर्छौं बास्तवमा हाम्रोमस्तिष्कमा अझै पनि जातिय विभेद कायमै छ।होइन भनेके तपाईं अन्तरजातीय विवाह स्विकार गर्नु हुन्छ?” केहि मान्छेहरु सोच्छन् किठुलो जातको थर सानो जातले लेख्दैमा समस्याको समाधान हुन्छ, तर यो तब सम्म अन्त्य हुदैन जब सम्म हामिमा रहेको भाईरस मर्दैन।

जातिय विभेद अन्त्यको लागि दलित समुदायको संयोजनमा यसलाई राजनैतिक मुद्दाको रूपमा लिइ योग्य सरकार अनि राजनैतिकदलको संयुक्त पहलको आबश्यकता छ।दलित तथा विपन्न पिछडीएको वर्गको उत्थानको लागि सामाजिक स्तर उन्नति आर्थिकउन्नतिका कार्यक्रममा संचालित हुनुपर्छ। तब मात्र दलित वर्गमाथि न्याय हुने देखिन्छ।

( लेखक बिपिन अर्याल गल्धा 8 पाल्पाका हुन्, उनी स्टुडेन्ट अफ एस ई्न्ष्टिचिउट अफ म्यानेजमेन्टमा अध्यनरत छन् )

Comments are closed.