पोखरा, २९ भदौ ।
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । संस्थाको २७औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी मा.विको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । चौथो सेटमा २५–१९ को जित निकाल्यो ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । नेपाल पुलिस क्लबले पुनरागमन जित निकाल्यो पहिलो सेट १६–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो । पुलिसले तीन अंक जोडेको छ ।
प्रतियोगिताको तेस्रो खेलमा एपिएफले गल्कोटलाई सोझो सेटमा पाखा लगायो । एपिएफले २५–२३, २५–२३ र २५–१८ को सेटमा सहजै हरायो । एपिएफको तीन अंक रहँदा गल्कोट अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र मणिमुकुन्द बीचको चौथो खेल ३–२ ले मणिमुकुन्दको पक्षमा रह्यो । पहिलो सेट गण्डकीले २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २१–२५ ले गुमाएको गण्डकीले तेस्रो सेट पनि १७–२५ ले गुमायो । चौथो सेट २५–१७ ले गण्डकीको पक्षमा रह्यो । पाँचौ सेटमा मणिमुकुन्दले १५–१२ ले आफ्नो पक्षमा पार्दै पहिलो जित निकाल्यो । यो संगै गण्डकीको चार अंक रहेको छ भने मणिमुकुन्दले दुई अंक जोडेको छ ।
पहिलो दिन पाँच खेल हुने भनिएपनि एपिएफ र पुलिस बीचको खेल हुन सकेन । खेलमा प्रकाश नपुग्ने भएपछि खेल नभएको र शनिबार विहान हुने अफिसियलले जानकारी दिएको छ । शनिबार सात खेल हुनेछन् । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।
प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भोलि (शनिबार) बाट महोत्सव सुरु
मौलिक सस्कृतिको जर्गेना गरौ भन्ने उद्दघोषका साथ नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले संस्थाको २७औं बार्षिकोत्सव समारोह एवं २५ औ संस्करपाको लामाचौर तीज महोत्सव २०८० भोलि (शनिबार) बाट सुरु हुँदैछ् । संस्था स्थापना वर्ष २०५४ साल देखि नै निरन्तर सञ्चालन गर्दै आएको लामाचौर तीज महोत्सव यस वर्ष महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा भाद्र ३०, ३१ र असोज १ गते महोत्सव संचालन हुनेछ ।
महोत्सवमा अन्तर महिला समुह तीज गीत प्रतियोगिता र अन्तर विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी कलाकार चिज गुरुङ, लक्ष्मी मल्ल, दिपक खड्का, चोलेन्द्र पौडेल, राम्जी पौडेल, ज्योति लोहनी, लक्ष्मी बानियाँ, सरस्वती लामिछाने, मधु थापा लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने छ । भने महोत्सवमा औधोगिक तथा व्यापार प्रदर्शनीका स्टलहरुको साथमा भाद्र ३० र ३१ गते पोखरा मणिपाल हस्पिटलको सहकार्यमा हेल्थ क्याम्पको सुविधा समेत रहने छ ।
तीज गीत प्रतियोगिता तर्फ प्रथम हुनेले ५० हजार १ सय ११, दोस्रो हुनेले ३० हजार १ सय ११, तेस्रोले २० हजार १ सय ११ र सान्वना हुने टिमले १० हजार १ सय ११रुपैयाँ प्राप्त गर्नेछन् । सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार रुपैयाँ प्रदान गरिनेछ । अन्तर विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता अन्तरर्गत प्रथम हुनेले ४० हजार १ सय ११, दोस्रो हुनेले २५ हजार १ सय ११, तेस्रो हुनेले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन टिमलाई ५ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ ।

Comments are closed.