पोखरा हटलाईन
पोखरा श्रावण १२,
विश्व रक्तदान दिवसको अवसर पारेर लायन्स कल्ब अफ पोखरा सेन्ट्रल सीटीद्धारा रक्तदान कार्यक्रमको आयोजना ग–यो । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै डिष्ट्रीक भाईस गभर्नर ला. विशेश्वर आचार्यले आफुले जन्माएको कल्बको नाताले यस्तो कोभिड १९ को महामारीको समयमा पनि रक्तदान कार्यक्रम आयोजना गर्नु भएकोमा कल्बका पूर्व अध्यक्षहरुलाई धन्यवाद दिंदै लायन्स अन्र्तराष्ट्रियको परिधी भित्र रही समाजसेवामा समर्पित सम्पूर्णमा आभार व्यक्त गर्दै रक्तदान जस्तो पुनित कार्यमा अग्रसर रक्तदाता तथा सम्पूर्ण सदस्यहरुप्रति सम्मान व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा अतिथीको तर्फबाट डिपार्टमेन्ट चिफ ला. बालकृष्ण शर्मा, कल्सटर प्रमुख माधव पौडेल, रिजन चियरपर्सन ला. वासु कोइराला, जोन चियर पर्सन ला. चेतन कार्की जि.एस.टी कोअर्डिनेटर ला. मनोज खड्का जि.एल.टी कोअर्डिनेटर ला .रामजराज सुवेदीले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । डिष्ट्रीक पि.आर.ओ. ला. प्रदिप सुवेदीले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने कल्बका सह सचिव ला. सन्तोष पोखरेलले संचालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता ला. राजेश शिल्पकारले गर्नु भएको थियो, यस अघि पहिलो रक्तदाताको रुपमा २५ औं पटक रक्तदान गर्नु हुने कमिटी चियरपर्सन भिम प्रसाद सुवेदीलाई प्रमुख अतिथी डिष्ट्रीक भाईस गभर्नर ला. विशेश्वर आचार्यले बल्ड व्याग हस्तान्तरण गर्दै उक्त कार्यक्रम शुभारम्भ गर्नु भएको थियो ।
Comments are closed.