पोखरा हटलाईन,
असार २१,
‘लायन्स क्लब अफ गण्डकी स्टेट’को वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति लाई वर्ष २०१९/२० को कार्य समितिले पद हस्तान्तरण गर्ने कार्यक्रम असार २१ गते आइतबार सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि मल्टिपल म्यागाजिन चिफ एडिटर ला. धन राज आचार्य, विशेष अतिथि डिपार्टमेन्ट चीफ ला. अर्जुन थापा, अतिथि क्लस्टर २९ का क्लष्टर चिफ ला. सुरेन्द्रमान भण्डारी, अतिथि डेपुटी डिपार्टमेन्ट चीफ विण्णु बराल, अतिथि पी.आर. ओ. ला. खेम क्षेत्री, अतिथि रिजन ५९ का चेयर पर्सन ला. विष्णु पराजुली अतिथि रिजन चेयर पर्सन लायन्स क्लब अफ हेल्पिङ ह्यण्ड्स का पूर्व अध्यक्ष तथा पूर्व क्याबीनेट सेक्रेटरी ला. मोहन सुवेदी र जोन १७ का जोन चियरपर्सन र लायन्स क्लब अफ गण्डकी स्टेटका संस्थापक अध्यक्ष ला. अमृत बराल लगायतका अथितिहरुले वर्ष २०१९/२० को कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिदै वर्ष २०२०/२१ को नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त अवसरमा वर्ष २०२०/२१ का अध्यक्ष ला. रविन्द्र कुमार श्रेष्ठले प्रतिवद्धता सहितको कार्ययोजना प्रस्तुत गर्नुका साथै उक्त कार्य योजनामा क्लबका लायन्स साथीहरुको साथ र सहयोगको अपेक्षा गरे । कार्यक्रमको संचालन २०१९/२० का सचिव जस बहादुर गुरुङ र वर्ष २०२०/२१ का सचिव राजेन्द्र लम्सालले संयूक्त रुपमा गरेका थिए । छोटो समयमा नै लोकप्रिय क्लब बन्न सफल भएकोमा कार्यक्रमका प्रमुख अतिथि PDG ला. धनराज आचार्यले क्लबको पंशसा गरे ।
Comments are closed.