उत्तम पौडेल
असार २७, पोखरा
‘लायन्स क्लब अफ पोखरा गण्डकी स्टेट’को वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमितिको बर्ष २०२०/ २१ को पहिलो तथा क्लब स्थापना देखिको ३९ औं नियमित बैठक शनिबार पोखराको साइमन पार्टी प्यालेसमा सम्पन्न भयो ।अध्यक्ष ला. रविन्द्र कुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न बैठक मा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल को लागि १५ बुंदे कार्यबिधी प्रश्तुत गरे ।क्लबको गरिमा सदस्य हरुको अनुशाशन मा भर पर्ने भएकोले क्लबको नियम पालना गरेर अघाडी बढ्न सदस्य हरुलाई सुझाए ।क्लबका सस्थापक अध्यक्ष तथा ३२५ बि १ का जोन चियर पर्सन लायन अमृत बराल ले बर्ष २०२०/२१ का पदाधिकारी हरुलाई आ-आफ्नो पदिय जिम्मेवारी अवगत गराएका थिए ।कार्यक्रम मा बर्ष २०१९/२० का कोषाध्यक्ष तेज प्रसाद सापकोटा ले बर्ष २०२०/२१ का कोषाध्यक्ष भबिन्द्र गुरुङलाई लेखा परिक्षण सहित आय ब्यय प्रतिबेदन हस्तान्तरण गरे ।कार्यक्रममा क्लबमा आबद्द नयाँ ५ जना सदस्य हरुलाई स्वागत गरिएको थियो ।कार्यक्रम मा क्लबका पूर्व अध्यक्ष लायन शिब प्रसाद गौतम ले आफ्नो कार्यकाल मा उल्लेख्य सहयोग पुर्याएको मा क्लबका सम्पुर्ण लायनहरु प्रती आभार प्रकट गरे ।कार्यक्रमको सन्चालन क्लबका सचिब राजेन्द्र प्रसाद लम्साल ले गरेका थिए ।
Comments are closed.