लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको उद्‍घाटन।

पोखरा, ९ मङ्सिर।

‘लायन्स क्लब अफ पोखरा गण्डकी स्टेट’ को शनिबार दमौलीमा उद्‍घाटन भएको छ। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ को गत शनिबार दमौलीमा भएको क्याबिनेट मिटिङ तथा फेलोसिप प्रोग्रामको अवसर पारेर क्लबको उद्‍घाटन भएको हो।

 

राष्ट्रिय सभा सदस्य प्रकाश पन्त प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा करिब २००० लायन्सहरुको विभिन्न जिल्लाबाट सहभागिता रहको थियो। क्लबको उद्घाटन लायन्स डिस्ट्रिक गभर्नर ला. अशोक कुमार श्रेष्ठले गरेका थिए। पोखरामा बसोवास गरी सामाजिक तथा व्यक्तिगत जिवनमा सफल ३८ जनाको समुह रहेको यस क्लबले छिट्टै नै सामाजिक उत्तर दायित्व सहितका कार्यक्रमहरू ल्याउने क्लबका संस्थापक अध्यक्ष ला. अमृत बरालले बताए। आफु भन्दा पीछडिएका र कम अवसर पाएकाहरुलाई सक्दो सहयोग र अवसर प्रदान गर्ने उद्देश्यका साथ क्लब स्थापना गरिएको क्लबका अध्यक्ष बरालले जानकारी दिए। “दिएर बाचौं” भन्ने लायन्सको मुल नारालाई आत्मसात गर्दै अगाडि बढ्नलाई उत्साहित सदस्यहरूको सहभागिताले आफु झनै उत्साहित रहेको क्लबका संस्थापक सचिव रमाकान्त गौतमले जानकारी दिए। क्लबका पदाधिकारीहरुमा संस्थापक अध्यक्ष ला. अमृत बराल प्रथम उपाध्यक्ष, ला. शीब प्रसाद गौतम, द्वितीय उपाध्यक्षमा नेत्र प्रसाद सुवेदी, तृतीय उपाध्यक्षमा प्रकाश रेग्मी, मेम्बरसीप चेयर पर्सन रबिन्द्र कुमार श्रेष्ठ, सचिव रमाकान्त गौतम, कोषाध्यक्ष जस बहादुर गुरुङ,सह-सचिव तेज प्रसाद सापकोटा पि आर ओ महेन्द्र पौडेल, टेमर, टेलट्सिवस्टर, एलसी आई कोअर्डिनेटर भोलानाथ शर्मा, डाइरेक्टर बाबुराम लामिछाने, राजेन्द्र अधिकारी, हिमलाल श्रेष्ठ, दिपक आचार्य, राम्जी सुधार रहेका छन्। त्यस्तै सदस्यहरूमा ला.डील्लीराम बराल, ला. भवीन्द्र गुरुङ,ला.सुन्दर श्रेष्ठ, ला. हरिचन्द्र शर्मा, ला. सुनिल गुरुङ, ला. चन्द्र बहादुर बराल, ला. चीरञ्जीवि पौडेल, ला. दिपक सुवेदी, ला. विकास सुवेदी, ला. धर्मराज तिवारी, ला. दामोदर लामिछाने, ला. धर्म बहादुर ढकाल, ला. देवि सुवेदी, ला. मुक्त बहादुर गुरुङ, ला. गोविन्द बहादुर थापा, भवीन्द्र गुरुङ, ला. राम बहादुर गुरुङ, ला, ख्याम राज शर्मा रहेका छन्।

 

उद्घाटनमै उपाधि

 

लायन्सहरुको कुम्भ मैला मानिने लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ को गत शनिबार दमौलीमा भएको दोस्रो क्याबिनेट मिटिङ तथा फेलोसिप प्रोग्राममा लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटले बेस्ट ड्रेसको उपाधि हासिल गरेको छ। क्लबका डिस्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले क्लबका सदस्यहरूलाई संयुक्त रुपमा उक्त उपाधि प्रदान गरेका थियो। पहिलो सहभागिता नै उक्त उत्कृष्ट रुपमा प्रस्तुत हुन सक्नु क्लबको राम्रो भविष्यको संकेत भएको भन्दै गभर्नर श्रेष्ठले क्लबको प्रशंसा गरेका थिए।

Comments are closed.