लायन्स क्लवको क्षेत्रिय सम्मेलन लेखनाथमा हुदै

लेखनाथ ,६ असार ।

लायन्स क्लव ईन्टरनेशनल ३२५ वी १ नेपालको बर्ष २०१८ ÷१९ को चौथो क्षेत्रिय सम्मेलन यहि असार ७ गते शनिवार कास्कीको लेखनाथमा हुने भएको छ ।

क्लव क्लवका विच भाईचारl को सम्वन्ध विस्तार देखि आन्तरिक पर्यटन प्रबद्धनमा सहयोग पुग्ने गरि यस वर्षको अन्तिम क्षेत्रिय सम्मेलनले गत बर्षको समिक्षा र आगामी वर्षका लागि कार्ययोजना बनाउने विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

लायन्स क्लव अफ सेभन लेक सिटीको स्थानिय ब्यवस्थापन हुन लागेको सम्मेलन लेखनाथको तालचोकमा रहेको शुभम पाटी प्यालेसमा हुने भएको छ भने जसका लागि अहिले सम्म ९० प्रतिशत तयारी पुरा गरि सम्मेलन उद्घाटनको तयारीमा जुटेको मुल आयोजक समितिका संयोजक मधु सु द न कोईरालाले जानकारी दिएका छन् ।

सम्मेलनलाई सफल पार्न २५ सदस्यीय तयारी समिति , २४ वटा विभिन्न उप समिति र २१ सदस्यीय सल्लाहकार समिति गठन गरि तयारीलाई अगाडी वढाईएको हो भने सम्मेलनमा ३२५ वी १ अन्तरगत १६ जिल्लाका करिव तीन सय क्लवका एक हजार आठ सय प्रतिनिधीहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

सम्मेलन आयोजना गर्नका लागि करिव १८ लाख खर्च हुने र रजिष्टेशन देखि स्मारिका विज्ञापनबाट २० लाख संकलन हुने अनुमान गरिएको स्थानिय ब्यवस्थापक लायन्स क्लव अफ सेभन लेक सिटिका अध्यक्ष गणेश प्रसाद ढुगानाले जानकारी दिएका छन् । सम्मेलनबाट बचत हुन आएको रकमलाई सामाजिक क्षेत्र देखिमा खर्च गरिने भएको छ ।

Comments are closed.