पोखरा ४, भदौं लायन्स क्लव अफ सेति गण्डकीको आयोजनामा पोखरामा आज (शनिबार) देखि एक हप्ते विभिन्न कार्यक्रम (वल्र्ड वाईड विक अफ सर्भिस अफ युथ कार्यक्रम) सुरु भएको छ ।
लायन्स क्लव अफ इृन्टरनेश्नलको निर्देशन अनुसार पोखरामा लायन्सको एक हप्तामा विभिन्न सामाजिक तथा सचेतना मुलक कार्यक्रम आयोजना गर्ने कार्यतालिका अनुसार शनिबार पोखराको नदीपुरमा रहेको श्री महर्शी गुरुकुल वेद बिद्याश्रम नारायणथान मन्दिरमा कम्पुटर, स्टेश्नरी र खाद्यान्न वितरण गरीएको क्लवका अध्यक्ष सुनयना पालिखेले बताईन ।
मिता कायस्थको संयोजकत्वमा पहिलो दिनको उक्त कार्यक्रममा एक थान कम्पुटर, शैक्षिक सामाग्रि र दाल चामल, प्लेट, वाल्टीन, लगायतका वस्तुहरु सहयोग गरीएको क्लवका सचिव मिना गुरुङले बताईन । लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ बी वानका पुर्व गभर्रनर दिपक श्रेष्ठले यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रम गर्नाले लायन्सको छवि उचो पार्ने बताए ।
उक्त गुरुकुलमा कासकी सहित ७ जिल्लाका १४ जना वटुकहरु रहेका छन भने उनीहरुको लागि ४ जना प्रशिक्षकहरु रहेको आश्रम संयोजक कृष्ण प्रसाद सुवेदीले बताए । वालकहरुलाई हाल निशुल्क पठन पाठन सहित पालन पोषण समेत दाताको सहयोगबाट हुदै आएको सुवेदीले जनाए ।
क्लवका अध्यक्ष पालिखेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ब्रह््रमचार्य आश्रम समितिका अध्यक्ष रामजंग केसी, पुजा संचालन सहसंरक्षक महेश्वर सुवेदी, क्लवका संस्थापक अध्यक्ष प्रमिला श्रेष्ठ, पुर्व अध्यक्ष सुचित्रा थापा, संयोजक मिता कायस्थ, सचिव मिना गुरुङ लगायतले मठ भन्दीरमा गएर धर्म कर्म अनुसार पुजा सहित आवश्यक ठाँउमा सानो ठुलो सहयोग आवश्यक भएकोमा जोड दिएका थिए । आईतबार सविन विजुक्छेको संयोजकत्वमा पोखराको नयाँबजार क्षेत्र स्थित सेतिनदी किनारामा बृक्षारोपण हुने भएको छ । सोमबार सुभद्रा श्रेष्ठको संयोजकत्वमा वातावरण सम्बन्धि सचेतना मुलक कार्यक्रम हुने भएको छ ।
मंगलबार प्रभा कोइरालाको संयोजकत्वमा सिमलचौरमा रहेको चिल्ड्रेन सेन्टरमा रहेका सडक वालवालीकाहरुलाई खाना खुवाउने कार्यक्रम तय गरीएको अध्यक्ष पालिखेले बताईन । देव कुमारी हिराचनको संयोजकत्वमा बुधबार वात्सायन बृद्धाश्रममा खाद्यन्न वितरण हुने भएको छ भने विहिबार दुर्गा ढकालको संयोजकत्वमा समाज रुपान्तरण सम्बन्धि रेडियो अन्नपुर्णमा डेढ घण्टे कार्यक्रम हुने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा सुक्रबार मिना गुरुङको संयोजकत्वमा तिज उत्सव सहित एक हप्ते कार्यक्रमको समापन हुने भएको छ ।
Comments are closed.