लालिगुराँस टोल बिकास संस्थाको अधिवेशन सम्पन्न

पोखरा हटलाईन,
पौष २२,

पोखरा महनगरपालिका वडा नं ८ मा रहेको लालिगुराँस टोल बिकास संस्थाको ११ औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशन बुधवार सम्पन्न भयो ।संस्थाका अध्यक्ष मन कुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा पो म पा वडा नं ८ का अध्यक्ष रुद्र नाथ बराल प्रमुख अतिथी रहेका थिए ।अधिबेशनले ११ सदस्यिय नयाँं कार्यसमिती चयन गरेको छ । अध्यक्ष मंगली बास्तोल,उपाध्यक्ष सरस्वती गिरि,सचिब कृष्ण कुमारी छेत्री थापा,कोषाध्यक्ष सुनिता गिरि,सह-कोषाध्यक्ष कल्पना के सि छन भने कार्यसमिती सदस्य हरुमा हिरा देबी गुरुङ्ग्,भोज माया भण्डारि,राधा गिरि,शशी घिमिरे सहितको नयाँ कार्यसमिती गठन भएको हो ।सल्लहकार हरुमा राधा छेत्री,शालिकराम पोखरेल, दुर्गा देबी बाँस्तोला,मेनुका बराल,डिल्लु भण्डारि,हरिलाल गिरी रहेका छन ।कार्यक्रममा संस्थालाई बिशेष योगदान गरेबापत निबर्तमान अध्यक्ष मेनुका बराल,सल्लाहकार डिल्लु भण्डारि,सदस्य हरु गंगा कार्की ,राधा गिरि,रिता के सि , तारा गिरी लाई प्रशंसा पत्रले सम्मनित गरियो ।कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पबित्र के सि,संस्थाका सल्लाहकार शलिक राम पोखरेल र प्रमुख अतिथी वडा नं ८ का वडाध्यक्ष रुद्र नाथ बराल ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।प्रमुख अतिथी बराल ले वडा को तर्फ बाट टोल बिकास सग सम न्वय गरी बिगत जस्तै आगामी दिनहरुमा पनि बिभिन्न कार्यक्रमहरु ल्याइ सहयोगमा निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरे ।कार्यक्रमको सन्चालन संस्थाका सचिब सरस्वती गिरिले गरेकी थिइन ।

Comments are closed.