पोखरा २८ चैत्र/ कास्कीको लाहाचोक गापिस पूर्ण साक्षर घोषणा भएको छ । २०१५ भित्र कास्कीलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम अनुरुप शुक्रबार लाहाचोकलाई साक्षर गाविसको रुपमा घोषणा गरीएको हो ।
लाहाचोकको महेन्द्र उच्च माध्याविक विद्यालयको ५७ औं बार्षिकोत्सवको अवशर पारी जिल्ला विकास समितिका कास्कीका स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष तारानाथ अधिकारीले साक्षर गाविस भएको घोषणा गरे । लाहोचोकमा १ सय महिला र २१ जना पुरुषलाई साक्षर भएका छन् ।
सो अवशरमा पूर्व शिक्षक तथा पूर्व अध्यक्षहरु र साक्षर गाविस बनाउन सहकार्य गर्ने संघसंस्थाका गरी ४५ जनालाई सम्मान गरीएको थियो । साक्षर घोषणा गर्दै स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले कास्कीलाई साक्षर जिल्ला घोषणा गरी शैक्षिक गुणस्तर र सामाजिक विकासमा पनि जोड दिनुपर्ने भनाई राखे । साक्षर घोषणा सँगसँगै शिपमूलक कार्यक्रममा पनि जोडदिनु पर्ने महेन्द्र उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद ढकालले बताए । सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापाले कास्कीलाई छिट्टै साक्षर जिल्लाको रुपमा घोषणा गर्न आफुहरु लागि परेको बताउँदै लक्ष्य भन्दा ढिलै भएपनि गुणात्मक रुप दिइने दाबी गरे । लाहाचोकलाई साक्षर गाविस घोषणा गर्न स्थानीयवासी तथा शिक्षासेवीहरु बाजागाजासहित उपस्थित थिए ।
कास्कीलाई यही बैशाख महिना भित्रै साक्षर गाविस घोषणा गर्ने लक्ष्य भएपनि पछाडी सरेको छ । १५ देखि ६० बर्ष उमेर समुहका ८५ प्रतिशत साक्षर बनाई घोषणा गर्ने कार्यक्रम अनुरुप अभियान चलिरहेको जिल्ला शिक्षा अधिकारी अम्बिका अचार्यले जानकारी दिए । कास्कीमा अहिले १९ वटा गाविस र पोखरा उपमहानगरपालिकाको वडा नम्वर १६ बाटुलेचौर मात्र साक्षर घोषणा भएको छ ।
Comments are closed.