कास्की ,
पोखराको पुरानो शैक्षिक संस्था लिटिल स्टेप माध्यमिक विद्यालयले आफ्नो४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज मनाएको छ । समारोहको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री शेरबहादुरले गर्नुभएको थियो भने सो कार्यक्रममा प्रमुख आतिथ्यता पोखरा विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ ज्यूको रहेको थियो । उक्त समारोहमा विज्ञान तथा हस्तकला प्रदर्शनीको समुद्घाटन डाँडाखर्क एकता परिवारका अध्यक्ष भोजप्रसाद गुरुङ एवम्प्रगति आमा समूहका अध्यक्ष कुलमाया पौडेलले गर्नुभएको थियो भने मूल समारोह समुद्घाटन दीप प्रज्ज्वलनसहित प्रमुख अतिथि गणेशमान गुरुङले गर्नुभएको थियो । समारोहमा हस्तकला प्रदर्शनी र सांस्कृतिक प्रस्तुति चाहिँ आकर्षणका केन्द्र थिए । त्यो समारोहमा प्रमुख अतिथि, सञ्चालक समिति सदस्य भीमनाथ बराल, नगर शिक्षा विकास समन्वय इकाइ, कास्कीका इकाइ प्रमुख नारायण प्रसाद सुवेदी, पूर्व शिक्षक गीता दवाडी, अभिभावक टेकनाथ (विषम्यात्री) लगाएतलेशुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।विद्यालयका प्राचार्य पम्फा गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शैक्षिक सत्र २०७८ को सम्पूर्ण शैक्षिक पुरस्कार समेत वितरण गरिएको थियो । जलपानसहितको उक्त कार्यक्रमको उद्घोषण शिक्षकद्वय ताराप्रसाद सुवेदी र चित्रबहादुर अधिकारी एवं विद्यार्थी गण बाट भएको थियो ।
Comments are closed.