लियो क्लब अफ हेमजाले बुधवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोरोना सम्बन्धि सचेतना सन्देश सहित ५०० मास्क वितरण गरेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत पोखरा २५ हेमजा मिलनचोकमा पौदल यात्रु ,यातयात सवार यात्रु तथा चालक सह चालकलाई कोरोन सचेतना सन्देश सहित मास्क बितरण गरेको क्लबका सचिब एवम् कार्यक्रम संयोजक निराजन अधिकारीले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष विजय त्रिपाठी सहित अन्य लियो सदेस्य मोनोज त्रिपाठी, निरज अधिकारी ,कपिल शर्मा, बिजया त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वितरण मास्क हेमजामा संचालिक राजेश मेडिकल हल , रिया मेडिकल हाल , साथै हालै संचालीत दिव्यासगर मेडिकल हाल हेमजा र बर्दान अनलाईन स्टोरको सौजन्य रहेको थियो ।कार्यक्रम सफल पार्नको लागि अस्थाई प्रहरी बिट हेमजाले थप सहजीकरण गरेको हो ।
Comments are closed.