✍️अजित तिमिल्सिना
पोखरा ,
बैशाख १२
लियो क्लब संगम पोखरा को अध्यक्षमा अस्मिता शर्मा आज मिति २०७८–११–१२ मा छैटौ अधिवेशनबाट सर्वसम्मत चयन भएकि छिन्।
लियो दिब्या न्यौपानेको अध्यक्षयतामा सम्पन्न कार्यक्रम समारोहमा प्रमुख अतिथिमा लियो जिल्ला परिशद ३२५ बि १ नेपालका एनएल यफ म्यानेजमेन्ट चियरपर्सन लियो दप्ति न्यौपाने र लियो कल्ब संगमका संस्थापक अध्यक्ष तथा जिल्ला सल्लाहकार लियो बिबेक सापकोटा रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि लियो दिप्ति न्यौपानेले लियो क्लब संगम पोखरा निकै ने क्रियाशिल रहेको बताईन। उहाँलेक्लबले गरेका कामहरुको प्रशंसा गर्नुभयो।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि बिबेक सापकोटाले आफु संस्थापक अध्यक्ष रहेको कल्बले गरेका बिभिन्न कार्यक्रम आयोजना गरेको खुसि व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरूको अपेक्षा गरेको कुरा जनाईन । सभापति लियो दिब्या न्यौपानेले लियो क्लब संगम पोखरा आगामी दिनमा थप क्रियाशील भएर लाग्न लियो साथीहरुलाई आग्रह गर्नुभयो। आफ्नो कार्यकालमा थुप्रै रचनात्मक कार्यक्रमहरू भएको र आगामी दिनमा पनि यस्तै सामाजिक, रचनात्मक कार्यक्रमहरूको अपेक्षा गरेको कुरा बताईन।
Comments are closed.