लुम्बिनी बिकास बैंकद्वारा राहात समाग्री हस्तान्तरण

 

पोखरा ६ , कास्की

जेष्ठ, २०७७

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड—१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरको बन्दाबन्दी  का कारण पोखरा महानगर पालिका वडा नं.—६ लेकसाईड, बैदाम आसपासको क्षेत्रमा समस्यामा परेका बिपन्न बर्गलाई राहात बितरण गर्ने उद्घेश्यले वडा नं.— ६ को अनुरोधमा लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.५०,०००÷— बराबरको ५०० के.जी. चामल, ५० के.जी. दाल, ५० के.जी. चना, ५० लि. भट्टमास तेल र ५० पोका नुन लगायतका खाद्यान्न समाग्री हस्तान्तरण गरेको छ। बैंकका तर्फबाट सञ्चालक समिति सदस्य राम चन्द्र सिग्देल र पुर्ब अध्यक्ष तथा संस्थापक सुशिल राज पराजुलीले संयुक्तरुपमा वडा नं.—६ का वडाध्यक्ष जगत बहादुर पहारीलाई हस्तान्तरण गरेको हो। वडाध्यक्ष पहारीले बिपतको समयमा बैंकले गरेको सहयोगले लक्षित बर्गमा थोरै भए पनि राहात मिल्ने बिश्वाासका साथ सम्पुर्ण वडाबासीका तर्फबाट धन्यबाद ब्यक्त गर्नुका साथै बैंकको प्रगतिको कामना गर्नु भएको छ । त्यस्तै सञ्चालक सिग्देलले बैंकले यस प्रकारको राहात समाग्री हस्तान्तरण तथा बितरण कार्यक्रम गत बैशाख महिनामा पोखरा महानगरपालिकाको वडा नं.—१५ र १७ लगायत देशको बिभिन्न स्थानमा गरिरहेको र सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रमा सामाजिक कार्य र्गदै आइरहेको र सो को निरन्तरता रहने जानकारी दिनुभयो । साथै लेकसाइड शाखाका शाखा प्रबन्धक महेन्द्र कुमार श्रेष्ठले यस बिकास बैंकको ७ वटै प्रदेशमा उपस्थिति रहेको छ भने हाल देशका बिभिन्न जिल्लामा ६८ शाखा कार्यलय मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ। जस मध्ये पोखरा महानगरपालिकामा न्यूरोड, महेन्द्रपूल, लेकसाईड, छोरेपाटन, रामबजार, लामाचौर,  फूलबारी र राजाका चौतारा गरि ८ वटा शाखा कार्यालय रहेको छ । कार्यक्रममा वडा सदस्य हरिकृष्ण पहारी, राममाया बि.क. लगाएत बैंकका प्रबन्धक प्रकाश चन्द्र पहारी र कर्मचारीहरुको उपस्तिथी रहेको थियो ।

Comments are closed.