लुम्लेका भवानीशंकरको पीडाः ‘आमाको निधन, बुवा अस्पताल, आफु खाडीमा’

‘छ महिनादेखि तलव पाएको छैन दुई महिनादेखि काम न दाम भएको छ । घर बिदा पनि दिँदैन ।’ चापागाईले बेदना पोखे ।


पोखरा १३ भदौ
‘आमाको निधन भयो । मर्ने बेला मुख देख्न त पाईन किरीया बस्न जान पनि पाइइन् । अहिले बुवा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको शैयामा हुनुहुन्छ । उहाँको अवस्था पनि नाजुक छ भन्ने खबर आफन्तहरुले सुनाइरहेका छन् । आफु यहाँ खाडीमा छु । न घर जान पाउँछु न तलव पाउँछु ।’ यो गुनासो लुम्ले २ कास्कीका भवानीशंकर चापागाईको हो । उनी ती बर्ष पहिले कतार पुगेका थिए । यतिखेर उनीलाई काम गर्ने कम्पनीले विदा र तलव दुबै दिएको छैन भने यहाँ घरको चिन्ताले उनलाई सताउनु सताएको छ । उनी यतिबेला दोहोरो पीडाले पिल्सिएका छन् ।

stf/ cfPsf n'Dn]–@ sf:sLsf ejfgL zÍ/ rfkfufO oltv]/ cfdfsf] d[To' x'Fbf klg sDkgLn] tna ;lxt g]kfn kmls{g glb+bf lk8fdf 5g . tl:a/ M gj/fh lj=s ÷bf]xf, stf/, /f;;

घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत कम्पनीले बेवास्ता गरिदिएको छ । आफ्नो समस्या लिएर उनी दूतावासमा पनि गएका छन् । दूतावासले श्रम अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।

‘कम्पनीका मालिक पाकिस्तानी हुन् । उनले नेपाल पठाउँदिन जे सक्छन् गर भन्छन् । अब म के गरुँ ?’ उनी ठूलो पीडामा र समस्यामा छन् । उनले नेपाल फकाउने वातावरण मिलाईन आग्रह गरेका छन् । ‘तलव बरु पुरै नदियोस् तर बुवाको उपचारका लागि पनि घर जान पाए हुन्थ्यो’ उनको दुखेसो छ ।

Comments are closed.