लुम्ले-भदाैरे पहिरोमा मृत्यु हुनेको संख्या २० पुग्यो, अझै बढ्न सक्ने, कयाैँ बेपत्ता, म्याग्दीमा पनि ६ जनाको मृत्यु(अपडेट)

पोखरा १६ साउन- अविरल वर्षापछिको पहिरोले कास्कीका भदौरेतामागी र लुम्ले गाविसमा आएको पहिरोमा परी २० जनाको ज्यान गएको छ। पहिरोमा १८ जना बेपत्ता भएका छन्। कास्कीका डीएसपी केदार रजौरेका अनुसार भदौरेतामागिमा ५ र लुम्लेमा १५ गरी २० जनाको मृत्यु भएको छ । भदौरेतामागीमा ४ जना र लुम्लेमा १४ जना बेपत्ता रहेको रजौरेले जानकारी दिए। दुवै ठाउँमा गरी २७ भन्दा बढी घर पुरिएका छन् ।

घटनास्थलबाट २० जना घाइतेको उद्धार गरिएको छ । पुरिएका घरहरूमा सुरक्षाकर्मी पुगेर उद्धार थालेका छन् । तर, पुलसमेत बगेकाले उद्झारमा कठिनाइ भएकाे छ । भूकम्पले कमजाेर बनाएकाे जमीनमा पहिराे गएकाे अनुमान गरिएकाे छ ।11791706_10206012422703153_1170681212_n-650x366

लुम्लेकाे वडा नम्बर ४ र ६ मा पर्ने साङ्लेभीर खसेर च्यानबारेदेखि न्याउरिनथानसम्मका घर पुरिँदा  पाँच जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि बाटो अबरुद्ध हुँदा पोखरा ल्याउन समस्या भएको कास्की प्रहरीले जनाएको छ । त्यहाँ पहिरोले ११ घर बगाएको छ भने २ घरमा आंशिक क्षति पुगेको स्थानीय शिक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । पहिरोले पोखरा-वागलुङ सडक अबरुद्ध भएको छ । बास्कोटा चोकदेखि नै बाटो अबरुद्ध भएको छ भने अहिले डोजरको सहायताले अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ ।

कास्कीको भदौरे तामागीमा राति १२ बजे आएको पहिरोले घर पुरिँदा भदौरे तामागी-५ डुँडे फाँटकी गौरी पराजुली र उनका छोरा करण पराजुलीको ज्यान गएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ । अन्य १४ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र उत्सव सुनार गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि पोखरा ल्याउने प्रयास भइरहेको छ । भदाैरेमा पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । त्यस्तै भदौरे तामागीसँगै जोडिएको चापाकोटमा दुर्इवटा घर पहिरोले बगाएको छ ।11805913_10206012727590775_624059951_n-650x366

चापाकोट-९ नौविसे र घाँटीछिनामा १/१ वटा घर पहिरोले बगाएको प्रहरीले बताएको छ । पहिरोले पामे-ठूलाखेत बाटोमा पर्ने पुल बगाउँदा उद्धारमा कठिनाइ भएको छ । प्रहरीले डोरीको सहायताबाट उद्धार गरिरहेको छ । विहान चार बजे घटनास्थलमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ । घटनास्थल पोखराको लेकसाइडबाट १६ किलोमिटर पश्चिममा पर्छ । राती अविरल बर्षासँगै कास्कीका ठाउँठाउँमा ठूलाे जनधनकाे क्षति भएकाे बताइएकाे छ । घटनाकाे जानकारी अाउने क्रम जारी छ ।

म्याग्दीमा पनि पहिरोमा ६ जनाको मृत्यु

बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो ।

पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ । स्थानीय बुद्धिविकास माध्यामिक विद्यालय मुदीका प्रध्यानअध्यापक जगबहादुर किसानले टेलिफोनमा दिएको जानकारीअनुसार पहिरोमा पुरिएर कम्तीमा एक सय बाख्रा र ५० बढी भैसी र गाई पनि मरेका छन ।

नजिकको प्रहरी कार्यालयबाट घट्नास्थल पुग्न कम्तीमा ६ घन्टा लाग्ने र क्षतिको पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ । त्यसैगरी बर्षापछि ओखरबोट गाविस–१ फुलबारीमा आएको बाढीले फुलवारी र रुम जोड्ने झोलुङ्गे बगाएको छ । ‘पहिरोबाट पश्चिम म्याग्दीको उपल्लो भेगका बस्तीमा पहिरोले मानवीय क्षति पुर्‍याएको स्थानीयले खवर गरेका छन । दुर्गम र टाढा भएकोले प्रहरी घटनास्थल पुग्दै छन’, प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए ।

Comments are closed.