लुम्ले र भदौरेतामागीमा पहिरो जाँदा ८ जनाको मृत्यु, कैयौं घर पुरिए

पोखरा, १४ साउन-
कास्कीको लुम्ले र भदौरे गाविसकाका विभिन्न ठाउँमा आएको बाढीले अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । घटनामा परी १६ जना घाईते भएका छन् ।
बढीले कास्कीको भदौरे तमागी गाविसको वडा नं ५ स्थित डुँडेफाटमा ७ वटा घर बगाउँदा ५ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गौरी पराजुली र उनका पाँच वर्षीय छोरा रहेको स्थानीय गुरुप्रसाद पौडेलले जानकारी दिए । अन्य ३ जनाको नाम खुल्न नसकेको उनले बताए । बस्ती नजिकै खहरे र हर्पनखोला बढेर सुरक्षित स्थान खोज्दै डाँडातिर उक्लिने क्रममा आएको पहिरोले बगाउँदा उनीहरुको मृत्यु भएको हो । खोला निकै ठूलो भएकाले तर्न नसकिएकोले घाईते भएका ५ जनालाई उद्धार गर्न सकिएको छैन । घटनामा परी ५ जना हराईरहेको पनि उनले जानकारी दिए ।
राती १२ बजेदेखी आएको पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत घर पुरिएका छन् । उनका अनुसार वेपत्ताहरुको स्थानियले उद्धार गरिरहेका छन् भने प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको एक टोली त्यसतर्फ गइरहेको छ ।
यसैगरी कास्कीकै लुम्लेमा पहिरो जाँदा १२ घर पुरिएका छन् । लुम्ले वडा नम्बर ४ र ६ मा पहिरो जाँदा पहिरोमा परेका ३ जनाको शव भेटिएको छ भने अन्य केही वेपत्ता भएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेका छन् । पहिरोले बाटो समेत अबरुद्ध हुँदा पोखरा–वागलुङ सडक अबरुद्ध भएको छ ।

Comments are closed.