लुम्विनी प्रदेशका सभामुखद्धारा मगर स्थापना दिवसको शुभकामना व्यक्त

नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतीक पहिचानहरुलाई प्रवद्र्धन र संरक्षण गर्न समेत अपिल

बुटवल । आज ४१ औं मगर स्थापना दिवस ।

मगर स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्विनी प्रदेश तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण मगर समुदाय एवं गैर मगर समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ ।
सोमवार शुभकामना सन्देश जारी गुर्नहुदै सभामुख घर्तीमगरले समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्नु भएको छ । विभिन्न जातजाती भाषा भाषी भएको सुन्दर मुलुक नेपालमा अझै सुन्दरता थप्न यो समुदायको विशेष भूमिका रहेको उहाले उल्लेख गर्नु भएको छ ।
‘नेपाल बहुभाषीक बहुजातीय र बहुसांस्कृतिक विविधता भएको सुन्दर मुलुक हो । यहां विभिन्न जातजातिको आफ्नै भाषा, संस्कृति र मौलिक पहिचान छ । मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।‘ शुभकामना सन्देशमा उल्लेख छ ।
मगर जातिको विशेषता भनेको सोझो, मेहनती इमान्दारी, देशभक्त, कर्मठ र विश्वासीलो रहेको यो विशेषतालाई कायम राख्न र संस्कृतीको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको उहांले उल्लेख गर्नुभएको छ । सभामुख घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतीक पहिचानहरुलाई प्रवद्र्धन र संरक्षण गर्न समेत अपिल गर्नु भएको छ ।
उहांले विश्भर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ र सबै मगर समुदायलाई एकताको मालामा गांस्ने दिनको रुपमा मगर दिवसलाई मनाउनु पर्ने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

Comments are closed.