बलिउड अभिनेता सलमान खानको विवाह नोभेम्बर १८ मा रोमानियन गलफ्रेड लुलिया वन्तरसँग हुने ठुलो हल्ला चलेको थियो । सलमान खानले यसै साल विवाह गर्ने ठुलो चर्चाका बीच लुलियाको नाम उनीसँग जोडिएको थियो । १८ नोभेम्बर सकिएको छ । अब भने सलमान र ललियाको सम्बन्धलाई लिएर चर्चा हुन थालेको छ । लुलियाले रोमानियाको एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा सलमानसँग दुरी बढाएको बताएकी छिन् । एक वेवसाइटका अनुसार लुलियाले भारत गएर आफुले धेरै कुरा सिक्न पाएको समेत बताएकी छिन् ।
उनले भनेकी छिन्,‘मैले भारतमा गएर धेरै कुरा सिक्न पाए । भारतमा गएर गायन कलाको ट्रेनिङ पनि लिए । भारतमा धेरै नौलोपन पाए । तर, मलाई यसको बानी परिसकेको छ । त्यहाँको मानसिकता, कल्चर, मानिस सबैकुरा फरक छन् । त्यहाँ तपाईलाई धेरै प्राइभेसी पनि मिल्दैन ।एउटै घरमा धेरैजना समेत बस्ने गर्छन् ।’ भारतमा गएपछि लुलियाले बाटोमा हिड्दा कपडामा धेरै ख्याल गर्नुपर्ने बताइन् । लुलियाले पछिल्लो पटक दिएको अन्तर्वार्तामा सलमान खानसँगको सम्बन्धबारे पनि बोलेकी छिन् । सलमान खानलाई प्रेम गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफुहरु मिल्ने साथीमात्र भएको जबाफ दिएकी छिन् । सबै कुरा राम्रो समयमा हुनेगर्छ बाँकी कुरा त अट्कल काट्ने काम मात्रै हो ।
सलमानले लुलियाको साथमा तिब्बतका अध्यात्मिक गुरु दलाई लामासँग लदाख्खमा भेटेका थिए । सलमान खान आफ्नो फिल्म ‘ट्युबलाइट’ को सुटिङमा व्यस्त रहेका छन् ।
Comments are closed.