लेउवासंघले मनायाे १९ औं स्थापना दिवश

उपभोक्ता कमजोर हुँदा निजी क्षेत्र कमजोर – क्षेत्रीय प्रशाशक थपलिया


लेखनाथ २१, असार/लेखनाथ उद्योग वाणिज्य संघले १९ औं वार्षिकोत्सव मनाएको छ । संघले आइतबार विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । संघले भवन उद्घाटन, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान लगायतका कार्यक्रम गरेको छ । बार्षिकोत्सव कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्री प्शासक दिनेश थपलियाले गरे ।
बार्षिकोत्सवको उद्घाटन गर्दै थपलियाले उपभोक्ता कमजोर हुँदा निजी क्षेत्र कमजोर हुने धारणा राखेका छन् । थपलियाले निजी क्षेत्रले उत्पादन गर्ने उपभोग्य वस्तुमा उपभोक्ताको खरिद गर्ने क्षमता कमजोर भयो भने उत्पादन गर्ने निजी क्षेत्रपनि कमजोर हुने भनाई राखेका हुन् । राष्ट्रको विकासका लािग निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले अव आउने संविधानमा लगानी मैत्रीका विषयहरु समेटिनु पर्ने उनको सुझाव थियो ।lekhnath

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले सवै मिलेर नेपाल वनाउने अभियानमा लाग्दै देश संकटमा परेका बेला पर्यटन विकास लगायत स्वदेशी उत्पादनलाई वढवा दिनु पर्ने बताए । पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा.दिपक थापा र भूगोलविद प्रा. डा. कृष्ण के.सीले भूकम्प सम्वन्धी कार्यपत्र प्रस्तूत गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरुको प्रतिनिधीत्व गर्दै विन्दु सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउत लगायतले शूभकामना व्यक्त गर्दै समग्र पोखरा उपत्यकाको विकासका लागि पोखरा र लेखनाथ नगर क्षेत्रको गुरु योजना वनाएर अगाडी वढनुपर्ने विचार राखे ।

कार्यक्रमको संचालन लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकाल र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए । सोही अवशरमा संघले ४० लाख लागतमा निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न नवनिर्मित सभाकक्षको उद्घाटन गरिएको छ । यसैगरी सरसफाई तथा वातावरणको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भनी लेखनाथ नगरपालिका वडा नं ११, निवासी कृष्णप्रसाद ढुङाना र संघको संस्थागत विकाशका लागि अत्यन्त निष्ठापुर्वक सेवा गरेको भनी कर्मचारी कृष्णराज पौडेललाई सम्मान गरिएको छ ।

Comments are closed.