उत्तम पौडेल,पोखरा हटलाईन ,
असोज ,२,
बुधवार दिउसो पोखरा महानगरपालिका वडा नं.६ हल्लन चोकमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले दुइ जना ब्यक्तिलाई चन्दा संकलन गरीरहेको अवस्थामा पक्राउ गरेको छ । उदयपुर जिल्ला त्रियुगा न.पा. वडा नं.७ मोतिडाँडा घर भई काठमाण्डौ तारकेश्वर न.पा. ७ मनमैजु बस्दै आएका २७ वर्षका रबिन के.सी. भन्ने ध्वज बहादुर रावत र रोल्पा जिल्ला गंगादेबी गा.पा.२ घर भई काठमाण्डौ का म न पा १६ गोङबु बस्ने २२ वर्षका राम कुमार डाँगी पोखरा को लेकसाइड हल्लनचोक बाट पक्राउ परेका हुन । दुबै जना ने.क.पा. विप्लव समुहका अखिल क्रान्तिकारी सदस्य रहेको जिल्ला प्रहरी कार्यालय, कास्की ले जनाएको छ ।साथै उनिहरुको साथबाट चन्दा बापत लिएको नगद रु.१,००,०००।– (एक लाख),मोवाईल सेट थान-४, मो.सा. थान -१ र चन्दा उठाउन प्रयोग गरिएको ने.क.पा. (बिप्लव समुह) केन्द्रिय समितिको नगदी रसिद थान १ समेत फेला पारी निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्र.ना.उ. सुवास हमालले जानकारी दिए ।
Comments are closed.