लेकसाइडमा ४ वटा रेष्टुरेण्ट पर्यटकका लागि खोल्ने रेवानको निर्णय

पोखरा,

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो ।रेवान पोखराले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पर्यटकलाई लक्षित खुल्ने रेष्टुरेण्टहरुमा लेकसाइडको अम्बोट स्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चौक स्थित मुनडान्स रेष्टुरेण्ट, मुस्ताङ चोक स्थित ड्याडी किचन र गौरीघाट स्थित होटल ग्लासिएर रहेका छन् ।

यी रेष्टुरेण्टबाट सुपथ मुल्यमा पर्यटकले खाना लिएर जान पाउने रेवान पोखराका प्रथम उपाध्यक्ष लक्षमण बरालले बताए । विज्ञप्तीमा जिल्ला प्रशासनसँग अनुमति लिएर नै यी रेष्टुरेण्ट खुलाएको उल्लेख छ ।‘लेकसाईडमा पर्यटकहरुलाई खानाको समस्या भएको भने सुने पछि हाम्रो ध्यानाकर्षरण भएको छ, विज्ञप्तीमा भनिएकौ छ, कुनै पनि पर्यटक आफ्नो देश जान नसकेर यहि बस्नु भएको र सामान्य खाना खान पनि समस्या भएको भए उहाँहरुलाई खाना खुवाउनु मानवताको आधारमा पनि हाम्रो धर्म हो ।’

यी रेष्टुरेण्ट खुलेपछि पोखरामा रहेका पर्यटकलाई खानाका लागि समस्या नहुने बरालले बताए । होटलमा बस्ने गरेका पर्यटकलाई कुनै समस्या नभए पनि होस्टेलमा बस्ने गरेका पर्यटकहरुलाई लकडाउन पछि खाना खान अप्ठेरो भएको थियो । होटल ग्लासिएरका सञ्चालक राजेन्द्र ढकालले आफ्नो रेष्टुरेण्टमा आउने पर्यटकलाई निःशुल्क खाना दिने व्यवस्था मिलाएको बताए । ‘पर्यटकले ३ मिटर परबाट अडर गर्ने छन्,’ ढकालले भने ‘१० देखी मिनेट २० मिनेट सम्ममा तयार भएपछि लिएर जानु पर्ने छ । बसेर खान पाइदैन ।,’

Comments are closed.