लेकसाईडमा हिजो रोकिएको सांगितिक कार्यक्रम आज हुँदै

पोखरा, जेठ १६-
पोखराका पर्यटन व्यवसायीले ‘पुर्जागरणका लागि संगित’ नारासहित आयोजना गरेको सांगितिक कार्यक्रम बर्षाका कारण स्थगित भएको छ । पोखरामा शुक्रबार परेको बर्षाका कारण कार्यक्रम स्थगित गर्नुपरेको आयोजकले बताएको छ ।

रोकिएको कार्यक्रम शनिबार दिउँसो एकबजे पुन सुरु हुनेछ ।
आयोजक पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का इभेन्ट संयोजक गोपिबहादुर भट्टराइले वर्षादका कारण सुरु भएको कार्यक्रम बीचमै रोक्नुपरेको बताए । उनले शनिबार दिउँसो एकबजे अम्बोटमै सोहि कार्यक्रम हुने पनि बताए ।

शनिबारको कार्यक्रममा पनि सबै कलाकार रहनेछन् ।
शुक्रबार बेलुकी ६ देखि रातीसम्म लेकसाइडस्थित अम्बोटमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम थालनीसँगै कलाकारले आफ्नो प्रस्तुती सुरु गर्नासाथ भिषण वर्षा सुरु भएको थियो । भिषण वर्षाले कार्यक्रम हुन नसकेको उनले बताए ।

कार्यक्रम सुरुवातसँगै पानी परेपनि केहिबेर नरोकिएपनि ठूलो पानी पर्न थालेपछि कार्यक्रम अर्को दिनका लागि सारिएको हो ।

Comments are closed.