लेक लागेर जर्मनी पर्यटकको मृत्यु

मुस्ताङ  १९ चैत लेक लागेर मुस्ताङको मुक्तिनाथ गाविसमा एक जर्मनी पर्यटकको मृत्युभएको छ । मनाङबाट थोराङपास गरी गएका ४६ वर्षीया जुलिया सिवल्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।

आइतबार थोराङपास गरी मुक्तिनाथस्थित एक होटलमा बसेकी जुलियाको साँझदेखि मुखबाट रगत बगेर बेहोस भएपछि सोमबार बिहान उपचारका लागि जिल्ला अस्पताल जोमसोम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चारजनाको टोली हिमश्रृङ्खला र प्राकृतिक सुन्दरताको अवलोकनका लागि मनाङबाट राउण्ड अन्नपूर्ण पदमार्गमा निस्केका थिए । ‘जुलियालाई उच्च रक्तचापको समस्या पनि देखिएको थियो, लामो र उच्च स्थानको यात्राका कारण यस्तो भएको हो, प्रमुख जिल्ला अधिकारी बरालले भने ।जुलियासँगै रहेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

Comments are closed.