“याे वजेट चालु आर्थिक बर्षको भन्दा ४.१७ प्रतिशसले कम हो ।”
लेखनाथ १ माघ/लेखनाथ नगरपालिकाकाले आगामी आर्थिक बर्ष २०७२÷७३ का लागि २२ करोड ४९ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लेखनाथ नगरपालिकाको २१ औं नगरपरिषदको निर्णय सार्वजनिक समारोहमा कार्यकारी अधिकृत रामचन्द्र पौडेलले आन्तरिक स्रोत तर्फबाट रु दुई करोड ५५ लाख ८७ हजार र बाह्य स्रोत तर्फबाट रु १९ करोड ९३ लाख ६० हजार रुपैयाँ अनुमानित वजेट प्रस्तुत गरेका हुन् ।
“लेखनाथमा गाभिएको भरतपोखरीलाई समेत मध्यनजर राख्दै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने, पर्यटन प्रर्वद्धन गरि स्थापना हुने स्टार होटलका लागि पाँच बर्षसम्म कर तथा दर्ता छुटको व्यवस्था मिलाईएको छ ।”
जुन वजेट चालु आर्थिक बर्षको भन्दा ४.१७ प्रतिशसले कम हो । चालु आर्थिक बर्षमा विश्ब बैंकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटको मात्रा बढ्न गएकोमा केही योजनाहरु चालु आर्थिक बर्षमा नै सम्पन्न भईसक्ने हुदाँ बजेटमा कमि आएको हो । आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेटको खर्च बेर्होने स्रोतहरुमा आन्तरिक स्रोत तर्फ स्थानिय करबाट रु एक करोड पाँच लाख ३० हजार, सेबा शुल्कबाट १२ लाख ८० हजार, दस्तुरबाट एक करोड ३० लाख ७५ हजार, विक्रिबाट एक लाख र अन्य आयबाट छ लाख दुई हजार रहेको छ भने बाह्य तर्पm नेपाल सरकारको अनुदानबाट १० करोड ९८ लाख ६६ हजार, राजश्ब बाँडफाँड तथा रजिष्ट्रेसन दस्तुरबाट एक करोड, अन्य निकायबाट एक करोड १७ल ाख २५ हजार, लागत सहभागीताबाट दुई करोड ३० लाख, विश्व बैकको लगानी अन्तरगत अनुदान तिन करोड १५ लाख ५८ हजार तथा ऋण एक करोड ३२ लाख ११ हजार गरि जम्मा चार करोड ४७ लाख ६९ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
“विगत बर्षका तुलनामा यस बर्षको बजेटमा लेखनाथ भ्रमण बर्ष, सेबाग्राहीका लागि टोल फ्री नम्बर, प्लाष्टिक मुक्त नगर घोषण गर्ने नीति, ९१ वटा बालश्रम मुक्त टोल घोषणा, वृद्धहरुका लागि दिवा सेबा केन्द्र निमार्ण, ग्रामीण सडकको स्तरोन्नती गर्ने नीतिलाई अवलम्वन गरिएको छ ।”
विनियोजित बजेट मध्येबाट पुर्बाधार तथा संरचना विकासमा ११ करोड ७७ लाख ४४ हजार, कृषि बन तथा वातावरण संरक्षणमा ८० लाख, जनसख्या तथा सामाजिक तर्फ ६ करोड १८ लाख ८३ हजार, संगठन तथा प्रशासन तर्फ तिन करोड तिन लाख २० हजार, जलस्रोत तथा भूमि तर्फ ७० लाख खर्च हुने अनुमान गरिएको छ । प्रस्तावित बजेटले नगरको बृहत्तर विकासमा योगदान पु¥याउन सक्ने ठुला योजनाहरु, कृषि, पर्यटन, पाहाडी भेगको खानेपानी, ल्याण्डफिल साईट, ताल संरक्षण, सडक विस्तार लगाएतका क्षेत्रमा जोड दिईएको छ । लेखनाथ नगरपालिकामा गाभिएको भरतपोखरी गाविसलाई समेत मध्यनजर राख्दै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने लेखनाथ नगर क्षेत्र भित्र आन्तरिक एवंम बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने गरि स्थापना हुने स्टार होटलका लागि पाँच बर्षसम्म कर तथा दर्ता छुटको व्यवस्था मिलाईएको छ । विगत बर्षका तुलनामा यस बर्षको बजेटमा लेखनाथ भ्रमण बर्ष, सेबाग्राहीका लागि टोल फ्री नम्बर, प्लाष्टिक मुक्त नगर घोषण गर्ने नीति, ९१ वटा बालश्रम मुक्त टोल घोषणा, वृद्धहरुका लागि दिवा सेबा केन्द्र निमार्ण, ग्रामीण सडकको स्तरोन्नती गर्ने नीतिलाई अवलम्वन गरिएको छ ।
“लेखनाथलाई व्यावसायिक कृषि तर्फ उन्मुख बनाउनु पर्नेमा जोड”
कार्यक्रममा बोल्दै सभासद् यज्ञबहादुर थापाले विकासका लागि राजनीति नगरी सामुहिक एकताले अगाडी वढ्नु पर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवालीले संभावनाको खोजी गर्नुपर्ने सुझाव राखेका थिए । सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले विकासका लागि जनसहभागीताको माध्यमबाट अगाडी वढ्नुपर्ने धारणा राखे । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले लेखनाथलाई व्यावसायिक कृषि तर्फ उन्मुख बनाउनु पर्नेमा जोड दिए । लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणी अधिकारीले संचालन गरेको कार्यक्रममा ईन्जिनियर रविचन्द्र घिमिरेले स्वागत राखेका थिए ।
Comments are closed.