लेखनाथमा जुवातास र लुँडो खेल्ने २० जना पक्राउ

पोखरा २९ चैत ।
ठूलो धन राशीको बाजी लगाएर जुवातास तथा लुँडो खेल्ने २० जना प्रहरीको फन्दामा परेका छन् । लेखनाथ नगरपालिकाको भण्डारढिकमा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लेखनाथ बस्ने निराजन बराल, दिननाथ भण्डारी, सूर्य प्रसाद आचार्य, नेत्रमान बुढाथोकी, तुलसी प्रसाद भण्डारी, बलभद्र भण्डारी, गोरे भन्ने जित बहादुर गुरुङ हरि प्रसाद आचार्य, बिष्णु हमाल, विकास गुरुङ, तुलविर वि.क. र भोजराज भण्डारी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नगद ७० हजार ८ सय दश रुपैयाँ बरामद गरेको छ । यसैगरी, लेखनाथमा लुँडो खेलिरहेको अवस्थामा टुक तामाङ, विपलराज भण्डारी, महेन्द्र लामिछाने, हुकुम बहादुर कार्की, रुद्र बहादुर छन्त्याल, खेमराज भण्डारी, तेज प्रसाद भण्डारी जित बहादुर गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट ४४ हजार १ सय ८४ रुपैयाँ सहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार रजौरेले जानकारी दिए । पक्राउ गरिएका २० जनालाई जुवा मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको छ ।

Comments are closed.