लेखनाथ ३२ जेठ/ लेखनाथबासीहरुले असारकोपहिलो हप्तादेखि ई–सेवा मार्फत पानीको बिल भुक्तानी गर्न पाउने भएका छन् । यो सेवाबाट सेवाग्रहीहरुलाई लामो लाइन बसेर समय वर्वादीबाट छुट्कारा मिल्ने भएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नेपालमै पहिलोपटक खानेपानीको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगबाट उपभोक्ताहरुको खानेपानीको बिल भुक्तानी घरबाटै गर्न सकिने सेवा प्रदान गर्न लागेको हो । लेखनाथबासीहरुले आफ्नो घर अथवा नजिकको साइबर÷कम्युनिकेशन, किराना पसल स्टेशनरी तथा आफुलाइ पायक पर्ने ईन्टरनेट सेवा उपलब्ध हुने ठाउँबाट खानेपानीको बिल सजिलै भुक्तानी गर्न सक्नेछन ।
संस्थाले असार ४ गते बुधबारको वार्षिक साधारणसभाबाट औपचारिक रूपमा अनलाइन बिल भुक्तानीको सेवा सुरूवात गर्न लागेको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका शिव अमात्यले जानकारी दिए । अनलाइन भुक्तानीको सेवास“गै खानेपानीका उपभोक्ताहरू अब संस्थाको कार्यालय सम्म पग्न नपर्ने तथा बिल तिर्न घण्टौं लाइन बस्नुपर्ने समस्याबाट मुक्त हुने र जसबाट उनीहरुको समय र खर्च दुबैको बचत हुने समेत अमात्यले दावी गरे ।
समितीले नेपालकै पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवास“गको सहकार्यमा अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने सेवा प्रदान गर्न लागेको हो । मोबाइल तथा इन्टरनेटको माध्यमबाट उपभोक्ताले बिना कुनै झन्झट आफ्नो पानीकोे बिल तिर्न, महशुल रकम कति उठ्यो भन्नेकुरा घरमै बसीबसी जानकारी लिन सक्नेछन् । लेखनाथको खानेपानीको बिल ग्राहकले घर अथवा नजिकैको पसलबाट सहजै तिर्न सकुन भन्ने उद्देश्यले इसेबाले कास्की जिल्लाका अधिकांश साइबर, कम्युनिकेशन, किराना पसल, स्टेशनरी तथा अन्य पसलहरु लाइ इसेवा जोन तथा इसेवा पोइन्टको रूपमा विस्तार गर्न लागेको इसेवा जोनका प्रमुख अरूण फुयाँलले बताए ।
इसेवा मार्फत् इन्टरनेट तथा मोबाइलबाट घरमै बसी मोवाइल रिचार्ज, टपअप, टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, टपअप लगायतका सेवा प्राप्त गर्न सकिन्छ । साथै देशका विभिन्न गन्तब्यमा जान हवाइजहाज तथा बस टिकट समेत खरिद गर्न सकिनेछ ।
Comments are closed.