लेखनाथ उद्योग बाणिज्य संघमा त्रिपाठी ,सदस्यमा अधिकांस पुराना अनुहार

लेखनाथ : लेखनाथ उद्योग बाणिज्य संघको १० महाधिवेशनाबाट लक्ष्मीप्रसाद त्रिपाठी  बिजयी भएका छन् । पहिलो पटक लेउवासंघकाे अध्यक्षमा बामपन्थी पक्षधर विजयी  विजयी भएका छन् । संघको १९ बर्षको इतिहासमा पहिलो पटक बामपन्थी खेमाबाट लक्ष्मीप्रसाद त्रिपाठी नेतृत्वमा पुगेका हुन । उनी प्रजातान्त्रीक खेमाका व्यवसायीको सहयोगमा संघको अध्यक्षमा निर्वाचित भएका हुन । उनले ५ सय ९९ प्राप्त गरी विजयी भएका छन् । त्रिपाठीले १ सय १६ मतको अन्तरमा पराजित गरेका हुन । उनका निकटतम् प्रतिद्धन्दी लालकृष्ण शर्मा भट्टराईले ५ सय ३१ मत प्राप्त गरेका छन् ।Laxmi
संघको संस्थापन पक्षको पुरै साथ पाएका त्रिपाठीले १७ बर्ष अनवरत रुपमा संघमा विताएका थिए । त्रिपाठीलाई जिताएर मतदाताले योगदानको मुल्यांकन गरेको व्यवसायीहरुले बताएका छन् ।
सदस्यमा त्रिपाठी समूहकै छत्रधर आत्रेयले सर्वाधिक ७ सय ६१ मत ल्याएर विजयी भएका छन् । यसैगरी दोश्रो कृष्णहरि भण्डारीले ५ सय ९९ मत प्राप्त गरेका छन् । तेश्रोमा ५ सय ९८ मत ल्याएर बलराम ढकाल विजयी भएका छन् । यसैगरी सदस्यहरुमा ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझाले ५ सय ७० मत प्राप्त गरेका छन् । यसैगरी सदस्यमा भरतकुमार अधिकारीले ५ सय ६५ मत प्राप्त गरेका छन् । विनोद श्रेष्ठको ५ सय ५६ मत आएको छ । गोपीचन्द्र बास्तोलाले ५ सय ४७ मत प्राप्त गरेका छन् । यसैगरी सदस्यमा बसन्त मोहन भट्टराईले ५ सय ३१ मत प्राप्त गरेका छन् । भने दशौ स्थानमा गितादेवी सुवेदी विजयी भएकी छन् । उनले ४ सय ९४ मत प्राप्त गरेकी छन् । खुल्ला तर्फ एल के समूहबाट सुवेदी मात्रै विजयी भएकी छन् ।
यसैगरी महिला तर्फ डिल कुमारी दाहाल सन्ध्याले ७ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । संस्थागत तर्फ त्रिपाठी समूहकै दामोदरभक्त थापा विजयी भएका छन् भने एशोसियटमा एल के शर्मा समूहबाट उपेन्द्र सुवेदी विजयी भएका छन् ।
यस पटक नयाँ अनुहारमा राजेन्द्र ओझा, दामोदर भक्त थापा र उपेन्द्र सुवेदी विजयी भएका छन् ।
सदस्यहरुमा रामजी प्रसाद पौडेलले ४ सय ६८, प्रशान्त धमलाले ४ सय ६५, मेनका श्रेष्ठको ३ सय ९४, पुर्णवहादुर घलेको ३ सय ६८, धिरज श्रेष्ठले ३ सय ५२, भिमवहादुर सार्की, ३ सय ४५, शिवप्रसाद भण्डारी ३ सय १७, मेजर रामप्रसाद गुरुङ्गले ३ सय ७, महेश्वर आचार्य २ सय ५९, धनु गिरी २ सय ७२, रामजी प्रसाद अधिकारी २ सय ६६, कृष्णप्रसाद तिवारी २ सय ५१ र दिपेन्द्रज्योति ढुंगाना २ सय ३० मत प्राप्त गरेका छन् । महिला तर्फ उम्मेदवारी फिर्ता लिए पनि बिमला थापा बस्नेतका नाउँमा २ सय ७५ मत खसेको थियो ।
यस पटक पराजय भोग्नेमा अघिल्लो कार्यकालका तीन सदस्य रहेका छन् । महिला तर्फका मेनका श्रेष्ठ र एशोसियटका प्रशान्तराज धमला तथा मनोनित सदस्य मेजर रामप्रसाद गुरुङ्ग पराजित भएका हुन । कुल १ हजार १ सय ८४ मतमा एक हजार १ सय २४ मत खसेको थियो । त्यसमध्ये ३५ मत बदर भएको थियो ।

Comments are closed.