लेखनाथ चीनको उइसीयान नगर जोडिँदै

Signature both Municipality Mayor pic

लेखनाथ ३० चैत्र / कास्कीको लेखनाथ नगरपालिका र मित्रराष्ट्र चीनको उइसीयान नगरकाबीच भगिनी सम्वन्ध कायम हुने भएको छ । दुई नगरकाबीच भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धी आसय पत्रमा आइतबार हस्ताक्षर भएको छ । आसय पत्रमा लेखनाथ नगरपालिकाका तर्फबाट कार्यवाहक प्रमुख एवं निमित्त कार्यकार्यकारी अधिकृत रविचन्द्र घिमिरे र उइसीयान नगरका प्रमुख छु चुन हुईले हस्ताक्षर गरेका हुन् ।
जनवादी गणतन्त्र चीनको उइसीयान नगरका प्रतिनिधिलाई स्वागत एवं कार्यक्रममा बारेमा वोल्दै निमित्त कार्यकारी अधिकृत घिमिरेले प्राकृतिक हिसावले समानता रहेका दुई नगरकाबीच भगिनी सम्वन्ध कायम हुनु ऐतिहासिक भएको बताए । घिमिरेले दुई नगरकाबीच आत्मीय सहयोग र सद्भाव तथा समृद्ध नगर निर्माणका लागि मित्र नगरबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । उनले आगामी दिनमा दुवै नगरका प्रतिनिधिहरुको भ्रमणले नेपाल र चीनको उइसीयान नगरका विच प्रगाढ सम्वन्ध कायम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उइसीयान नगरका प्रमुख छु चुन हुईल नेपालको प्राकृतिक सम्पदाले भरिपूर्ण लेखनाथसँग भगिनी सम्वन्धका लागि भएको पहले आफुहरु अत्यन्त खुशी भएको उल्लेख गरे । उनले लेखनाथका प्रतिनिधिहरुलाई आफुहरुको नगरमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै, नेपालीहरुले गरेको स्वागत सत्कार बास्तवमा जनस्तरकै भएको बताए । नगरप्रमुख हुईले लेखनाथ र उइसीयानबीच भगिनी सम्वन्ध कायम भएपछि धेरै कुरामा सहयोगको ढोका खुल्ने उल्लेख गरे ।
कार्यक्रममा दुई नगरका विच भगिनी सम्वन्ध स्थापना गराउन मध्यस्थताको भूमिका निर्वाह गर्ने पर्यटन व्यवसायी विश्वशंखर पालिखेले यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको उइसीयान नगर र लेखनाथबीच भगिनी सम्वन्ध स्थापनाका लागि पूर्वाधार तयार भएको उल्लेख गरे ।

Comments are closed.