लेखनाथ महोत्सवको स्टल बुकिङ खुल्ला

लेखनाथ १७, कास्की
“महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ यहि माघ ११ गते देखि २२ गते सम्म डाडाकोनाक, तालचोकमा संचालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव २०७४ को स्टल बुकिङ सम्पूर्ण महानुभावहरुकालाई खुल्ला भएको छ ।
पौष १४ गते देखि स्थानीय बासीलाई मात्र स्टल बुकिङ खुल्ला गरिएकोमा मंगलबार देखि देश व्यापी रुपमा सम्पूर्णलाई खुल्ला गरिएको हो । स्टल बुकिङका लागि व्यवसायीक फर्मको पान नम्बरको प्रतिलिपि र स्टल भाडा बापत लाग्ने पुरा रकम आवश्यक रहेको स्टल संयोजक भरतराज ओझाले जानकारी दिनुभयो । लेखनाथ महोत्सव २०७४ मा कृषि, हस्तकला, अटो, मेशनरी, फुड एण्ड बेभरेज, संघसंस्था, गार्मेन्ट, फुटवयर, डेरी, साधारण, फुड फेस्टिवलका स्टल गरि करिब ३५० स्टल रहने छन् ।

Comments are closed.