लेखनाथ,५फागुन
लेखनाथको तालचोकमा जारी १३ औं लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । फागुन ८ गते सम्म चल्ने महोत्सवको आठौं दिन सम्म आईपुग्दा दिन प्रतिदिन दर्शक उल्लेख्य रुपमा वढेका छन ।
महोत्सव समापन तर्फ उन्मुख हुर्दै गर्दा लेखनाथ महोत्सव हाम्रो हो एक पटक त अवलोकन गर्नु पर्छ भनि महोत्सव अवलोकन गर्न आउनेहरुको संख्या उल्लेख्य रहेको छ । महोत्सवमा नुन देखी सुन सम्मको खरिद गर्न पाईने र विभिन्न प्रकार व्यवसायीक फर्म कम्पनीले प्रदर्शनीमा राखेका वस्तुहरु अवलोकन गर्न पाउने भएकाले दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको हो ।
लेखनाथ महोत्सवको मुख्य आर्कषणका रुपमा रहेको गायन विधाको गण्डकी तारा प्रतियोगीतामा प्रतियोगिहरुले गित गाउदा युवा पंङतीका दर्शकहरु रमाएको पाईन्थ्यो ।
यता महोत्सवको अर्को थप आर्कषणका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा विवाह कै झल्को मेटेनी गरि बाजा गाजाँ,विवाह मण्डप र बेहुला बेहुलीलाई सझाउदै देखाएको रत्यौलीलाई दर्शकहरुले अभिरुचिका साथ मनपराएको पाईन्छ ।
महोत्सवको आठौ दिन विहिबार दोहोरी तर्फ प्रजापती पराजुली,राजन ठकुरी, कृष्ण अखेली, गोपाल जिटी, देवी घर्ती,मिरा पोख्रेल र ज्योती लोहनीको दोहोरी झम्का, पप तर्फ प्रल्लाद तिमिल्सेना, नरजङ्ग गुरुङको प्रस्तुती साथमा मोडल डान्स, रत्यौली गीत प्रतियोगिता र गण्डकी तारामा छनोट भएका उत्कृष्ट सातको गायन प्रस्तुति रहेको थियो ।
त्यस्तै गरि महोत्सवको नवौ दिन दोहोरी तर्फ राजु परियार, कृष्ण देवकोटा, शंकर पन्थ, सरला पाण्डे, निशा पोख्रेल,लक्ष्मी वानिया पप तर्फ सहिमा श्रेष्ठ, सन्तोष वायल, साथमा मोडल डान्स, विद्यालय स्तरिय चाइल्ड ट्यालेन्ट सो प्रतियोगिताको फाईनल, रत्यौली प्रतियोगिता र गण्डकी ताराका प्रतियोगिकोे गायन प्रस्तुति रहने महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।
Comments are closed.