लेखनाथ सिटी हस्पिटलको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न /निशुल्क स्वास्थ्य शिबिरमा ५सय १२ जनाद्धारा स्वास्थ्य परिक्षण,



तनहुँ, फागुन २०
सामाजिक सेवामा सक्रिय श्री जनबिकास युवा क्लब को आयोजनामा शुक्लागण्डकी ११ बिसौना, राईपुर तनहुँमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
क्लबको नियमित कार्यक्रम अन्तर्गत सम्पन्न कार्यक्रममा ५ सय १२ जना ब्यक्तिहरुले स्वास्थ्यलाभ लिएका छन् । लेखनाथ सिटी हस्पिटल प्रा. लि. पोखरा लेखनाथ २६ बुढिबजारको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तनहुँ प्रदेश नं. २ क कि प्रदेश सभा सदस्य एबं पुर्व मन्त्रि माननिय आशा खनाल कोईरालाले सम्पुर्ण महानुभाबहरुका लागि सुलभ स्वास्थ्य र शिक्षाका लागि आफु सदासर्वदा खट्ने बताईन । हस्पिटलले ग्रामिण भेगमा आएर निशुल्क स्वास्थ्योपचार गरेकोमा आभार प्रकट गर्दै अन्य स्वास्थ्य संस्थाहरुले पनि यस्तो कार्यलाई पछ्याउनु पर्ने बताईन । ‘ स्वास्थ्य संस्थाहरु बजारमुखी भएका छन् स्थानिय सरकार जनता माझ आए झैं अब स्वास्थ्य संस्थाहरु पनि गाँउगाँउमा पुग्नु पर्छ, ब्यापारमुखी नभई आफ्नो आसपासभन्दा पर आएर यो क्षेत्रलाई प्राथमिकतामा राख्नु सुखद कार्य हो।’ उनले थपिन् ।
श्ुाक्लागण्डकी नगरपालिका वडा नं. ११ को बिशेष सहयोग तथा रातिमाटि आमा समुह लगायत १ दर्जन भन्दाबढि संस्थाहरुको ब्यबस्थापनमा संचालन भएको कार्यक्रममा हाडर्जोनी रोग बिशेषज्ञ डा. बिद्याभुषण ताम्राकार, बालरोग बिशेषज्ञ डा. रामजि बराल, रेडियोलोजिस्ट बिशेषज्ञ डा. भोजराज शर्मा, पेट, छाति तथा मुटु रोग का लागि डा. अमुल क्षेत्री, महिला तथा प्रसुति रोगका लागि डा. नबिना पौडेलले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
कार्यक्रममा साबिक राईपुर गाबिसका मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका सञ्चालक एबं स्थानिय युवा आनन्द भट्टराईले भने ‘केहि बिरामीहरु टाढा पुग्नुपर्ने भएकोले बिना चेकजाँच गएका छन् त्यसैले निकट भबिश्यमा नै अर्को स्वास्थ शिबिर गर्नेछौ।’ स्वास्थ्य शिबिरमा सुगर, थाईराइड, पाठेघर र स्तन सम्बन्धि रोगका साथै बाल रोग र हाडर्जोनि रोगका बिरामीहरुले स्वास्थ्यलाभ लिएका थिए । निशुल्क चेकजाँच सहित सम्पुर्ण बिरामीहरुको लागि औषधी पनि निशुल्क उपलब्ध गराईएको थियो ।
लेखनाथ सिटी हस्पिटलका प्रबन्ध निर्देशक उदीपराज ढुंगानाले सामाजिक उत्तरदायित्ब बहन गर्नको लागि हस्पिटल यहाँ आएको बताए। जनबिकास युवा क्लबका अध्यक्ष जीवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष बल बहादुर थापा, स्थानिय समाजसेवी यम बहादुर शाहि, राजपुर माबिका प्रध्यानाध्यापक कृष्ण प्रसाद भट्टराई, समाजसेवि दिपक घिमिरे र लेखनाथ सिटी हस्पिटलका हस्पिटल निर्देशक सुजन रानाभाट लगायत महानुभाबहरुले पनि बोलेका थिए । कार्यक्रमको संचालन साहित्यकार एबं आनन्द भट्टराईले् गरेका थिए ।

Comments are closed.