लेखनाथ ८ मा वडा नागरिक मञ्चको पुनर्गठन

लेखनाथ,७ भदौं।

लेखनाथ नगरपालिका वडा नं ८ को वडा भेलाले माया गुरुङको संयोजकत्वमा २९ सदस्यीय वडा नागरिक मञ्च गठन गरिएको छ।

वडा नागरिक मञ्चका पुर्व संयोजक वामदेव शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको उक्त मञ्चमा एक चौथाई सदस्यहरु बाहिरीएकाले उक्त खाली पदका लागि सम्बन्धित वाहिरीएका सदस्यहरुको ठाउँमा तत संबन्धित प्रतिनिधिहरु चयन गरिएको हो ।

सामाजिक कार्यविधि २०७१ अनुसार एक वर्ष पुरुष र एक वर्ष महिला अनिवार्य रहने प्रावधान अनुसार आश मायाँ गुरुङको संयोजकत्वमा २९ सदस्य वडा नागरिक मञ्चको पुनगर्ठन गरिएको हो।

नवगठित समितिको सह संंयोजक लक्ष्मण वास्तोला र सदस्यहरुमा उमादेवी वास्तोला,रविलला भटराई,कृपा पौडेल,लिलामणि त्रिपाठी,जानुका देवि तिमिल्सेना,सुक्रवाहदुर तिमिल्सेना,चिरञ्जीवी तिवारी,सारदा वास्तोला,उमा परियार,श्यामबहादुर भुजेल,सावित्रृ गिरि,सर्मिला विक,ध्रुव कल्पित सुवेदी,गायत्री ढकाल,गिता अधिकारी,लक्ष्मी सुवेदी,दिननाथ सुवेदी,डिल्लीराम कडेल,हरिमाया विक,मुत्तिराज अधिकारी,कृष्ण कुमार श्रेष्ठ,नवराज भटराई,आसवहादुर विक,बुद्धिमायाँ गुरुङ,धनसुब्वा गुरुङ,लक्ष्मी बराल,र दषाराम तिवारी रहेका छन्।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी , वडा नं ७ र ८ का वडा सेवा केन्द्रका सचिव इन्द्र प्रसाद ढुङ्गाना , वडा नं ८ टोल विकास संस्था समन्वय समितिका संयोजक चिरिन्जिवी तिवारी लगाएतकाले आ–आफ्नो धारणा राखेका थिए भने सामाजिक परिचालक संयोजक जानुका पराजुलीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् । मञ्चका सह संयोजक लक्ष्मण वास्तोलाद्धारा स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक वसन्ती पौडेलले गरेकी थिइन् ।

Comments are closed.