लैङ्गिक समानता,कानुनी सचेतना तालीम सम्पन्न

हटलाइन सम्वाददाता

असार ३० पोखरा
आमा मिलन केन्द्र कास्कीको आयोजना पोखरा महानगरपालीकाको आर्थिक सहयोगमा उप मेयर संग महिला कार्यक्रम अन्र्तगत “लैङ्गिक समानता,कानुनी सचेतना तालीम पोखरा महानगरपालीका वडा नं ३१ का विभिन्न स्थानहरुमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख आथित्थ्यता पोखरा महानगरपालीकाका उपमेयर तथा न्यायीक समितिका अध्यक्ष श्री मन्जु देबी गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उद्घाटन सत्रमा आफना भनाई राख्दै ५१ प्रतिशतको जनसंख्या रहेका महिलाहरुलाई कानुनका बारेमा जानाकारी गराउंदै आर्थिक,सामाजीक,शैक्षिक,र राजनिति स्तरलाई सशक्तीकरणको माध्यमबाट सचेतना जगाउंदै मुल प्रवाहीकरणमा जोड दिदै महिलाको अर्थपूर्ण सहभागीता बढाउन यो कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । आर्थिक सशक्तीकरणका लागी उपमेयर संग महिला कार्यक्रम अन्र्तगत चार प्रकारका महिलाहरु दन्दपिडित,अपाङ्गता,एकल,अति विपन्न वर्गका महिलाहरुको पहिचान खुल्न आएमा कृषि,साना उधमशिलता, उधोग संचालनमा लगानी गर्दै अउदा चुलो चौकोमा मात्र सिमित महिलाहरु आर्थिक उपार्जनका कार्यमा लागी स्वाबलम्बन बन्न सहयोग पुगेको बताउनु भयो । आफनो अधिकार प्राप्त गर्नका लागी स्यंमले लागीपर्नु पर्छ अरुको भरमा बाच्नु हुदैन भन्दै अन्यायमा परेका पहुंच बाट बन्चीत परेका बिपन्न महिलाहरुका लागी महानगरपालीकाले निशुल्क कानुनी सहायता कक्ष समेत संचालन गरेकोले अब कसैले पनि हिंसा,अन्याय सहेर बस्न नहुने बताउनु भयो सहभागीहरुले यो तालीम बाट सीकेको ज्ञान सीपलाई भरपुर प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । नया कानुनमा भएका व्यावस्था,बैदेशीक रोजगारका विषयमा अधिबक्ता भुबन पराजुली,लैङ्गिक समानताका विषयमा ईन्दिरा पौडेल, लैङ्गिक हिंसा र यसबाट पर्ने असरका बारेमा मिना थापाले सहजीकरण गरेको कार्यक्रममा ४५ जना सहभागीले भाग लीएका थिए भने कायैक्रमको अध्यक्षता वडा नं ३१ का अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

Comments are closed.