पोखरा, २० कार्तिक।
नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुक्रराज शर्माले लोकतन्त्रलाई संस्थागत गर्नका लागि काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताउनुभयो। नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को पोखरा लेखनाथ–२ मिरुवामा चुनाव प्रचार प्रसारको सम्पर्क कार्यलय उद्घाटन गर्ने क्रममा बोल्दै पूर्वसांसद समेत रहनुभएका शर्माले सबैलाई समेट्नका लागि पनि यसपटक कांग्रेसको जीत आवश्यक रहेको बताउनुभयो।
‘लोकतन्त्रलाई संस्थागत गर्नका लागि पनि काँग्रेसलले जित्नैपर्दछ, यो जीतको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दछु’ भन्दै उहाँले थप्नुभयो –‘यसका लागि पनि यहाँका मतदाताले विवेक पु¥याउनुहुन्छ भन्नेमा म ढुक्क छु।’
यस क्षेत्रको विकास निर्माणमा आफू सधै कटिवद्ध भएर लाग्ने विश्वास समेत शर्माले दिलाउनुभयो । आफूले चुनवा जितेमा पोखरा–१ बगर टुडिखेलमा रहेको पुरानो साइनिड्ड हस्पिटल भएको जग्गामा यस क्षेत्रको नमुना हस्पिटल बनाउने प्रतिवद्धता नेता शर्माले दिलाउनुभयो।
क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्य उम्मेदवार शारदा पौडेलले उद्घाटन समारोहमा आÇनो भनाई राख्ने क्रममा आफ्नो क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो।
क्षेत्र नं. (ख) प्रदेश सभा उम्मेदवार भोजबहादुर गरु∙ले आफूले सधै इमान्दारीताको राजनीति गरिरहेकोले यहाँ मतदाताले आफूलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठी, महासमिति सदस्य दीपक गुरुङ, पूर्व महासमिति सदस्य सुरेन्द्र भारी, महाधिवेशन प्रतिनिधि मनबहादुर विक, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, वडा नम्बर २ का सभापति गौतम विजुक्छे, क्षेत्रीय सचिव खिमलाल बास्तोला लगायतले काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्दै आÇना भनाई राखेको कार्यक्रममा सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।
Comments are closed.